अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

तरल सम्पत्तिका धनी अर्थमन्त्री : ६२ हजार डलर, विभिन्न बैंकमा ९२ लाख नगद

बिआरटीनेपाल २०७५ जेठ ९ गते २०:०७ मा प्रकाशित

काठमाडाैं । संघीय सरकारकाे पहिलाे मन्त्रीमण्डलका मन्त्रीहरूले अाफ्नाे सम्पत्ति विवरण पेश गरेका छन् । यद्यपि २२ सदस्यीय मन्त्रीमण्डलमा १८ जना मन्त्रीहरूले मात्रै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजर्निक विवरण हेर्दा अर्थमन्त्री डा. युवराज खतिवडा तरल सम्पत्ति (नगद माैज्दात) मा सबैभन्दा धनी देखिएका छन् । यद्यपि कुल सम्पत्तिका अाधारमा भने भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैभन्दा धनीमा परेका छन् । कुल सम्पत्तिकाे दोस्रो धनीमा अर्थमन्त्री युवराज खतिवडा नै छन् ।

देशकाे अर्थतन्त्रलार्इ दिशा निर्देश गर्ने महत्वपूर्ण पदमा रहेका अर्थमन्त्री खतिवडा स्वयं भने नगद, डलर र सुन थुपारेरै बसेकाे देखिन्छ । नेपालका अधिकांश मन्त्रीहरूकाे सम्पत्ति सुन, चाँदी, अन्य रत्न र घरजग्गामै रहेकाे देखिन्छ । तर उत्पादनमूलक क्षेत्रमा लगानी खाेज्ने हाे भने सबै मन्त्रीहरू पछाडि नै छन् ।

अर्थमन्त्री डा. खतिवडा स्वयंले राजीखुसी पेश गरेकाे सम्पत्ति विवरणमा ६२ हजार ७०३ डलर रहेकाे देखिन्छ । विभिन्न बैंकमा गरी उनी र श्रीमती कमला खतिवडाकाे नाममा ९२ लाख ३८ हजारभन्दा बढी नगद माैज्दात रहेको छ। यद्यपि उनी र श्रीमतीकाे नाममा गरी विभिन्न संस्थामा ५ लाख बराबरकाे शेयर समेत रहेकाे विवरणमा उल्लेख छ । डेढ लाखजति हातम नगद रहेकाे समेत उनले खुलाएका छन् । समग्रमा उनकाे तरल सम्पत्ति डेढ कराेडभन्दा बढी रहेकाे छ ।

यसबाहेक अर्थमन्त्री डा. युवराज खतिवडाकाे अन्य सम्पत्तिमा साढे ९ लाख बराबरको कार तथा आफू र श्रीमतीका नाममा काठमाडौंमा दुई वटा घर रहेकाे खुलाएका छन् । काठमाडौं, भक्तपुर, दोलखा र झापाका ६ ठाउँमा जग्गा भएको समेत उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

घरजग्गा र उक्त तरल सम्पत्ती राष्ट्र बैंकको सापटी, संयुक्त राष्ट्र संघमा काम गर्दा भएको आम्दानीबाट जोडेको उनले उल्लेख गरेका छन्।  राष्ट्र बैंकको सेवामा हुँदा सापटी लिएर काठमाडौंमा आफैँ घर बनाएको खतिवडाले उल्लेख गरेका छन्।त्यस्तै, श्रीमती कमला खतिवडाको नाममा काठमाडौंमा भएको १४ आना जग्गा, भक्तपुरको चागुनारायणमा १२ आना जग्गा र आफ्नो नाममा चागुनारायणमा भएको १२ आना जग्गा छ, याे संयुक्त राष्ट्र संघमा काम गर्दा आएको आम्दानीबाट किनिएको बताएका छन् ।

रत्नका नाउँमा उनीसँग १० तोला सुन, एक किलो चाँदी छ । याे २०३० सालयता जाेडेकाे उनकाे प्रस्टाेक्ति छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू