अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

क्युबाना एयरलाइन्सको प्लेन हावानामा दुर्घटना

बिआरटीनेपाल २०७५ जेठ ४ गते ११:५८ मा प्रकाशित

हवाना,क्युबाना एयरलाइन्सको प्लेन बोइङ ७३७ हावानाको जोसे मार्टी  एयरपोर्ट (Jose Marti Airport) मा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ ।

क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन् ।

मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ ।  उक्त जहाजमा रहेका चालक दलका सदस्यहरुको पनि ज्यान गएको छ । तर जिवीत ३ जना पाइएकोले ती तीन जना चालक दलका सदस्य हुन् वा यात्रु भन्ने बारेमा अझै खुलेको छैन।

जिवीत तीन जनाको अवस्था भने अत्यन्तै गम्भीर छ । जहाज उडेको एकैछिनमा नै खसेको थियो । उडेलगत्तै जहाजको इन्जिनमा समस्या देखिएपछि खसेको र बाँझो जमिनमा परेको थियो ।

जहाज उडेको केही क्षणमा समस्या देखिएको र तत्कालै विमानस्थलभन्दा केही परको बाँझो जमिनमा धस्सिएको थियो । जहाज धस्सिएपछि धुँवाको ठूलो मुस्लो देखिएको र त्यसलगत्तै उद्धारको कार्य सुरु भएको थियो । क्युबाको राजधानी हवानाको होसे मार्टी विमानस्थलबाट उडेको बोइङ ७३७ मा समस्या देखिएको थियो । समस्या बारे कुनै पनि पूर्व सूचना प्राप्त नभएको उड्डयन अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू