अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

क्यालिफोर्नियामा रक्तदान कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७५ जेठ ३ गते ११:०८ मा प्रकाशित

अमेरिकाको उत्तर क्यालिफोर्नियामा “रक्तदान जीवन दान” भन्ने नाराका साथ एक ब्रहत रक्तदान कार्यक्रम यही मे २६ शनिवारका दिन सम्पन्न हुने भएको छ । सो कार्यक्रममा उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । लायन्स क्लब सान लियान्द्रो मनकामना, नेपाल विश्व सहयोग सङ्घ एन ए जिसी तथा ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रूपमा सञ्चालन गर्ने सो कार्यक्रमको संयोजन लायन्स क्लब अफ सान लियन्ड्रो मनकामनाका चार्टर प्रेसिडेन्ट चन्द्र धितालले गरिरहेको कुरा क्लबका अधक्ष गोपाल बस्नेतले बिआरटी नेपाललाई बताएका छन् ।

आयोजक संस्था नेपाल विश्व सहयोग सङ्घ एन ए जी सिका संस्थापक अध्यक्ष मणि नेपाली पनेरुले रत्क्तदान अत्यन्त पुण्यको काम भएकोले संस्था यो कार्यक्रममा सहभागी भएको बताउँदै सम्पूर्ण दाजु भाइ दिदी बहिनीलाई आमन्त्रण गर्दछु भनेका छन् । अर्का आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरका उत्तर क्यालिफोर्निया संयोजक थलवीर ओलीले यस कार्यक्रमहरूमा उल्लेख्य सङ्ख्यामा युवाहरू सहभागी हुने बताएका छन् । रक्तदान दिन इच्छुक व्यक्तिहरूले यो लिङ्कमा गएर आफ्नो नाम रजिस्टर गर्दा कार्यक्रम प्रभावकारी हुने अमेरिकन रेडक्रस उत्तर क्यालिफोर्नियाले जोड दिएको छ । सो कार्यक्रमको प्राविधिक पक्ष अमेरिकन रेडक्रसले नै गरिरहेको आयोजकहरूले बताए ।

Link to register

https://www.redcrossblood.org/give.html/create-my-account

प्रतिक्रिया