अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

गैर आवासीय नेपाली सङ्घका पंजिकृत सदस्यहरूलाई सहुलियत दिनेबारे सहमति पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७५ जेठ ३ गते १०:५८ मा प्रकाशित

आज एक समारोह बिच गैर आवासीय नेपाली सङ्घ र नेपाल मेडिसिटि अस्पताल बिच एक सहमति पत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट एवं गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक तथा नेपाल मेडिसिटिका अध्यक्ष डा. उपेन्द्र महतो र गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार नेपाल मेडिसिटि अस्पतालले गैर आवासीय नेपाली सङ्घका पंजिकृत सदस्यहरू एवं निजको परिवारलाई आफ्नो सेवा शुल्कमा केही छुट दिने भएको छ । गैर आवासीय नेपाली सङ्घले पंजिकृत सदस्यहरूलाई Readable Quick Response (QR) Code सहितका कार्ड उपलब्ध गराएको छ ।

सहमतिपत्र हस्ताक्षर समारोहमा बोल्नु हुँदै सङ्घका अध्यक्ष भवन भट्टले सहमति पत्रले सङ्घको मेडिसिटिसंग सुरुवात देखी चलेको सम्बन्धलाई औपचारिकता दिने काम गरेको र मेडिसिटिले छोटो समयमा नै विश्वसनीयता आर्जन गर्न सकेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले नेपाललाई पर्यटन र स्वास्थ्यको केन्द्र बनाउन सकिने धारणा राख्नु भयो । अध्यक्ष भट्टले सङ्घका सदस्यहरूलाई सहुलियत दिने सम्झौताका सुरु नै गैर आवासीय नेपाली अभियानका प्रवर्तकको प्रतिष्ठान बाट सुरु भएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले दुई संस्थाहरू बिच अझ गहिरो सम्बन्ध विकास हुने विश्वास व्यक्त गर्नु भयो । 

समारोहमा सङ्घका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मेडिसिटि गैर आवासीय नेपाली जस्तै एक नेपाललाई स्वास्थ्य मुलुक बनाउने अभियानमा मेडिसिटि लागेको र सँगसँगै अघि जानु पर्ने धारणा राख्नु भयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमा नै उपलब्ध गराउने र अन्य स्वास्थ्य संस्थाहरूलाई पनि सेवा स्तर सुधार गर्न सघाउने उद्देश्यले नेपाल मेडिसिटि स्थापन गरिएको बताउनु भयो । संस्थापक अध्यक्ष महोतोले स्वास्थ्य प्रतिष्ठानमा बिरामी भएपछि होइन स्वस्थ रहँदा नै आएर आफू स्वस्थ भएको प्रमाण लिन र पछि लाग्न सक्ने रोगबाट बच्न अपिल गर्नु भयो । उहाँले गैर आवासीय नेपालीहरूले नेपालमा नै स्वास्थ्य सेवा लिन सक्ने प्रतिष्ठान बनाउन पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो लक्ष नेपालका अरू स्वास्थ्य सेवा प्रतिष्ठान सँग प्रतिस्पर्धा गर्न नभई सबैको सेवाको स्तरमा सुधार गर्न आफूले मेडिसिटि स्थापना गरेको बताउनु भयो । साथै उहाँले यस्ता संस्था धेरै विकास भए नेपाल स्वास्थ्य सेवाको केन्द्र बन्न सक्ने धारणा राख्नु भयो ।

समारोहमा बोल्नु हुँदै सङ्घकी उपाध्यक्ष सपिला राजभण्डारीले सङ्घले पंजिकृत सदस्यहरूलाई QR Code सहितको परिचय पत्र उपलब्ध गराउन थालेको र ती परिचयपत्र बाहकहरूले नेपाल र विदेशमा कार्यरत विभन्न फर्म तथा कम्पनीका वस्तु र सेवामा सहुलियत प्राप्त गर्दा सङ्घको सदस्यता अभियानलाई समेत सहयोग पुग्ने कुरा बताउनु भयो । परिचयपत्र बाहकहरूलाई सहुलियत दिने पहिलो सम्झौंता संस्थापक अध्यक्षले स्थापना गर्नु भएको संस्थाबाट सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्नु हुँदै उहाँले आगामी दिनमा अरू फर्म तथा कम्पनीसँग पनि यस्तै प्रकारको सहमति गरिने बताउनु भयो । उहाँले भोलि नै सङ्घका अध्यक्षको संस्था TBI GROUP सँग यस्तै प्रकारको सहमति पत्रमा हस्ताक्षर हुन लागेको जानकारी समेत गराउनु भयो ।

सहमति पत्रमा सङ्घको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र नेपाल मेडिसिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गर्नु भएको थियो । समारोहमा काठमाडौँमा रहनु भएका गैर आवासीय नेपालीहरू तथा मेडिसिटिका प्रतिनिधिहरू एवं पत्रकारहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू