अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

नेपालमा लगानी वृद्धि र आर्थिक समृद्धिका लागि निजी क्षेत्रकोे भूमिका महत्वपूर्ण : परराष्ट्र सचिव

बिआरटीनेपाल २०७५ जेठ १ गते ९:२८ मा प्रकाशित

परराष्ट्र सचिव शंकरदास वैरागीले आर्थिक कूटनीतिको माध्यमबाट नेपाल सरकारले विभिन्न मुलुकसँग व्यापार, वाणिज्य, पर्यटन, प्रविधि हस्तान्तरण लागि सहकार्य गर्दै आएको बताउनुभएको छ ।

नेपाल तथा समाजवादी गणतन्त्र भियतनामबीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्ष पुगेको अवसरमा नेपाल भियतनाम चेम्बर अफ कर्मस एण्ड इन्डस्ट्रिजले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा लगानी वृद्धि र आर्थिक समृद्धिका लागि निजी क्षेत्रकोे भूमिका ठूलो हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनालले दुई देशबीच विद्यमान व्यापारिक अवस्था तथा सम्भावनाका कारण दुई देशबीचको सहकार्यलाई थप बढावा दिनुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापाले दुई देशबीच पर्यटन विकासका लागि सहकार्य भइरहेको बताउनुभयो ।

नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत डा राजेशकाजी श्रेष्ठले दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको अवसरलाई सदुपयोग गर्दै काठमाडौँदेखि भियतनामसम्म सिधा हवाई सम्पर्क स्थापना, लगानी विस्तार तथा पर्यटन प्रवद्र्धनमा पहल भइरहेको बताउनुभयो ।

संघका अध्यक्ष दीपक मल्होत्राले दुई देशबीच आर्थिक, व्यापारिक तथा पर्यटन वृद्धिमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू