अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीव्दारा मुक्तिनाथ मन्दिरमा पूजा अर्चना

बिआरटीनेपाल २०७५ वैशाख २८ गते २२:४४ मा प्रकाशित

मुस्ताङ – नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर दर्शन तथा पूजा अर्चना गरेका छन् ।

मुक्तिनाथ दर्शनका लागि मोदी आज बिहान हेलिकप्टरमार्फत मुस्ताङ प्रसथान गरेका थिए । मुक्तिनाथ वरपरको सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको थियो ।

मोदीलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरेका छन् । मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका थिए।

प्रतिक्रिया