अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

गजल

लीलाराज दाहाल २०७५ वैशाख २८ गते १७:०७ मा प्रकाशित

मलाई तिम्रो सरकारले केही दिँदैन
दिँदैन यस्तो घरबारले केही दिँदैन ।

कतिन्जेल यसरी सोधपुछ गरिराख्छौ
तिम्रो यस्तो केरकारले केही दिँदैन ।

अँध्यारो मै बस र रमाऊ भन्छ
अव यस्तो ठेकदारले केही दिँदैन ।

सेवा लिन जाऊँ अड्डाखाना भित्र
भेटी नचढाई खरदारले केही दिँदैन ।

तिमीले एक्लै अव यो जङ्ग लड्नु पर्छ
हात कटेको सरदारले केही दिँदैन ।

प्रतिक्रिया