अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

पाकिस्तानद्वारा अमेरिकी कूटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध: विदेश मन्त्रालय

बिआरटीनेपाल २०७५ वैशाख २८ गते ८:१५ मा प्रकाशित

इश्लामावाद, पाकिस्तान: अमेरिकी कूटनीतिज्ञलाई पाकिस्तान भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयले शुक्रवार जनाएको छ ।

अमेरिकाले पनि पाकिस्तानमाथि यसै प्रकारको प्रतिबन्धको घोषणा गरिसकेको छ । पाकिस्तान र अमेरिकाबिच एक अर्काका कूटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध लगाउने अवस्थाको सुरुवात पाकिस्तानका लागि अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हलद्वारा चलाएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्युका कारण भएको हो । हल अमेरिकी राजदूतावासका रक्षा तथा वायुसेनासँग आवद्धता रहेका अधिकारी हुनुहुन्छ ।

पाकिस्तानले बिहीबार आफ्ना अमेरिकामा रहेका कूटनीतिज्ञमाथि यही मे ११ देखि लागु हुनेगरी यात्रा गर्न प्रतिबन्ध लगाइएको पुष्टि गरेको थियो ।

अमेरिकाले पहिले मे १ बाट लागु हुनेगरी पाकिस्तानमाथि प्रतिबन्ध लगाउने योजना ल्याउन लागेकोमा यसलाई १० दिन पछि सारेको थियो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलालाई के कूटनीतिज्ञमाथि यात्रामा लगाइएको प्रतिबन्ध शनिवारदेखि नै लागु हुनेछन् भनी गरिएको प्रश्नमा भन्नुभयो, “यात्रामा प्रतिबन्ध मे ११ देखि नै लागु गरिने छ । तर यस विषयको समाधानका लागि दुवै पक्षबिच वार्ता भइरहेका छन् ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इश्लामावादमाथि गत जनवरीमा आतङ्कवाद नियन्त्रण गर्ने प्रतिबद्धता विपरीत आतङ्कवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको बताउनुभएको थियो । पछि वासिङ्टनबाट पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्का भएको थियो । रासससिन्ह्वा

USA and Pakistan

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू