अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय

बिआरटीनेपाल २०७५ वैशाख २२ गते ९:५६ मा प्रकाशित

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ । 

दुई कोरियाका शिर्ष नेताकाबीचमा भएको शिखर सम्मेलनका बारेमा मुन र ट्रम्पका बीचमा अमेरिकाको वासिङटनमा भेटवार्ता हुन लागेको हो ।

ट्रम्पको निमन्त्रणामा मुन वासिङटन जान लाग्नुभएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शनिबार जनाएको छ ।

उहाँहरुकाबीचमा यही मे महिनाको २२ तारिखका दिन वासिङटनमै भेटवार्ता गर्ने तय भएको अधिकारीले बताएका छन् ।

ट्रम्प र किमको शिखर बैठक अगाडी दक्षिण कोरियाका राष्ट्रपति मुनले ट्रम्पलाई भेटेर दुई कोरियाको शिखर बैठकका बारेमा बताउँदै ट्रम्प–किम वार्ताकोलागि सहजीकरण गरिदिन लाग्नुभएको हो ।

ट्रम्प र मुनकाबीचमा भेटवार्ता गर्ने कुरा दुई कोरियाको शिखर सम्मेलन अगाडिदेखि नै चर्चामा रहेको थियो ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच गत अप्रिल २७ का दिन पान्मुन्जोममा शिखर वार्ता भएको थियो । शिखर वार्ता भएको ठाँउ दुई देशको सीमा क्षेत्रमा पर्दछ ।

उहाँहरुका बीचमा दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा बिहानको समयमा झण्डै डेढ घण्टा वार्ता भएको थियो ।

बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताले एक आपसमा पटकपटक भेटवार्ता गर्ने र संवन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू