अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

विस्कंसिन्को मिल्वाकीमा एन.आर.एन.ए. अमेरिका विस्कनसिन च्याप्टरको वार्षिक साधारण सभा तथा स्वास्थ्य शिविर सम्पन्न

विश्वमान आङ्गदेम्बे २०७५ वैशाख १७ गते १६:४७ मा प्रकाशित

यही अप्रिल २८, २०१८ मा विस्कनसिन राज्यको मिल्वाकीमा “एन.आर.एन.ए. अमेरिका विस्कनसिन च्याप्टर” को पहलमा सोही च्याप्टरको वार्षिक साधारण सभा तथा “एन.आर.एन.ए अन्तर्राष्ट्रिय हेल्थ एण्ड हाइजिन कमिटी” सँगको सहकार्यमा “स्वास्थ्य शिविर” पनि सञ्चालन भयो I कार्यक्रममा च्याप्टरका अतिरिक्त “ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटी” , “एन.आर.एन.ए आइ.सी.सी.”, “एन.आर.एन.ए. अमेरिका क्षेत्र”, “एन.आर.एन.ए. अमेरिका”, तथा “एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क” को सहयोग तथा सहभागिता थियो I कार्यक्रम विस्कनसिन च्याप्टरका अध्यक्ष बुद्धि सागर सुबेदीको अध्यक्षता तथा एन.आर.एन.ए. अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो I कार्यक्रममा निम्न एन.आर.एन. नेतृत्वहरूको उपस्थिति थियो – सुनिल साह (वरिष्ठ उपाध्यक्ष, एन.आर.एन.ए. अमेरिका), गोपेंद्र भट्टराई (बोर्ड सदस्य, एन.आर.एन.ए. अमेरिका तथा सभापति, एन.आर.एन.ए. अमेरिका परिचय पत्र समिति), गोविन्द श्रेष्ठ (वरिष्ठ उप-सभापति, एन.आर.एन.ए अन्तर्राष्ट्रिय हेल्थ एण्ड हाइजिन कमिटी), सत्यनारायण चौधरी (इलिनै च्याप्टर अध्यक्ष), राजीव श्रेष्ठ (अध्यक्ष, इन्डियाना च्याप्टर) I कार्यक्रममा विस्कनसिन, इलिनै, इन्डियाना च्याप्टरका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो भने स्थानीय संस्थाहरू मिल्वाकी नेपाली परिवार, मिल्वाकी नेपाली अमेरिकन फ्रेन्डशिप एसोसिएसन (नाफा), नेपलिज अमेरिकन युथ एसोसिएसन (नयाँ) का पधाधिकारी तथा सदस्यहरू लगायत मिल्वाकी, एप्पल्टन, र म्याडिसनक नेपाली समाजका अगुवाहरु तथा स्थानीय वासिन्दा नेपालीहरूको उपस्थिति थियो I कार्यक्रमको सम्पूर्ण स्पोन्सर एन.आर.एन.ए. अमेरिका क्षेत्रका संयोजक श्री गौरी जोशीबाट भएको थियो I 

“स्वास्थ्य परामर्श” कार्यक्रमको रूपरेखा, पूर्वतयारी, तथा कामकार्यहरु जस्तै स्वास्थ्यको लागि पैदल यात्रा, रियल टाइम हेल्थ स्क्रीनिंग, टी – सर्ट डिजाइन, इत्यादिहरूको सम्पूर्ण संयोजन पर्दा पछाडि बसेर एन.आर.एन.ए अन्तर्राष्ट्रिय हेल्थ एण्ड हाइजिन कमिटीका सभापति डा. संजीव सापकोटा र उप-सभापति गोविन्द श्रेष्ठले गरेका थिए I त्यस्तै करिब दर्जन जति चिकित्सकहरू तथा दर्जनौँ रजिस्टर्ड नर्सहरूलाई कार्यक्रममा सहभागी गराउन डा. संजीव सापकोटा अहोरात्र खटेका थिए I यो कार्यक्रमलाई सफल बनाउन डा. संजीव सापकोटाले अहम् भूमिका खेलेका थिए I “स्वास्थ्य परामर्श भेला” पहिला १/२ घण्टाको पैदल यात्रा पछि कार्यक्रम सुरु भएको थियो I कार्यक्रममा रक्त सञ्चार नाप, कोलेस्त्रल नाप, सुगर नाप, बी.एम.आई. नपका साथै स्वास्थ्य परामर्श भएको थियो I 

कार्यक्रममा विस्कनसिन राज्यमा कार्यरत नेपाली डाक्टरहरू डा. हरि पौडेल, डा. विनोद खड्का, डा. विनोद थापा, डा. विनोद ढकाल, डा. अजया शर्मा, डा. रुद्र घिमिरे, डा. जनक वाग्ले, डा. प्रभात अधिकारी, डा. राजकुमारी राजवंशी, र डा. सीता जैसीको सहभागिता थियो I त्यस्तै दर्जनौँ रजिस्टर्ड नर्सहरूको पनि सहभागितामा १०० भन्दा बढीको विस्तृत स्वास्थ्य जाँच भएको थियो I कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य विस्कनसिन च्याप्टरका उपाध्यक्ष विष्णु अधिकारीले दिनुभएको थियो I कार्यक्रममा “नेपाली उद्धमी व्यवसायी प्रवर्धन” का सदस्य तथा युवा व्यवसायी राम सुबेदी, को-चेयर तिलक के.सी., नयाँका अध्यक्ष हरिराज खनाल, नाफाका अध्यक्ष सन्तोष लामिछाने, एम.एन.पी, का कोषाध्यक्ष दीपक थापा, स्वास्थ्य कमिटीका उप-सभापति गोविन्द श्रेष्ठ, एन.आर.एन.ए. अमेरिका हेल्थ अवेरनेसका सदस्य लाल प्रसाद काफ्ले, र डा. हरि पौडेलहरूले मन्तव्य राख्नुभएको थियो I कार्यक्रमलाई सत्य नारायण चौधरी (इलिनै च्याप्टर अध्यक्ष), राजीव श्रेष्ठ (अध्यक्ष, इन्डियाना च्याप्टर), पूर्व सांसद हरि नेपाल, र गोपेंद्र भट्टराई (बोर्ड सदस्य, एन.आर.एन.ए. अमेरिका तथा सभापति, एन.आर.एन.ए. अमेरिका परिचय पत्र समिति) ले समेत सम्बोधन गर्नुभएको थियो I कार्यक्रममा एन.आर.एन.ए. अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले विस्कनसिनका नेपाली समुदायको योगदानको बारेमा चर्चा गर्नुभएको थियो I त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा एन.आर.एन.ए. अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले एन.आर.एन.ए. सङ्गठनले सबै नेपालीको हितमा काम गरिरहेको तथा सबै नेपालीलाई समेट्ने कुरा प्रस्ट पार्नुभयो I 

सोही कार्यक्रममा विस्कनसिन च्याप्टरबाट विस्कनसिन राज्याका जेहेन्दार नेपाली हाई स्कुल विद्यार्थीहरू इसान लुइंटेल, श्रीया श्रेष्ठ, मोनिका पन्त, र भुविन तिवारीलाई छात्रवृत्तिको प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो I साथै “स्वास्थ्य परामर्श शिविर” मा खट्नुहुने र आफ्नो अमूल्य समय प्रदान गर्नुहुने सम्पूर्ण चिकित्सक तथा परिचारिकाहरुलाई “प्रशंसा पत्र” प्रदान गरिएको थियो I कार्यक्रममा विस्कनसिन च्याप्टरका सचिव हमलाले देवकोटाले विस्कनसिन च्याप्टरले हालसम्म गरेका कार्यहरू/उपलब्धिहरू तथा भविष्यमा गर्ने कार्यक्रमहरूको बारेमा प्रकाश पार्नुभएको थियो I सोही च्याप्टरका कोषाध्यक्ष हरि जोशीले च्याप्टरको आर्थिक विवरण पेस गर्नुभएको थियो I अन्त्यमा आफ्नो छोटो मन्तव्य राख्दै उपस्थित सबैलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै कार्यक्रमका सभापति तथा विस्कनसिन च्याप्टरका अध्यक्ष बुद्धि सागर सुवेदीले कार्यक्रमको समापन गरेका थिए I कार्यक्रममा उपस्थित सबै विशिष्ट अतिथिहरूले विस्कनसिनको यो कार्यक्रमलाई “मिड-वेस्ट” अमेरिकाकै एक उत्कृष्ट कार्यक्रमको रूपमा लिएका थिए I

कार्यक्रमलाई निम्न महानुभावहरूको पनि उत्साहजनक सहयोग थियो – खेम पाठक, दिलु के.सी., बाबुराम सापकोटा, ऋषि गैरे, नारायण पोख्रेल, बन्धु पोख्रेल, तथा सर्बज्ञ वाग्ले ।