अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

टर्कीमा नेपालको प्रस्तुति उत्कृष्ट (फोटो फिचर)

बिआरटीनेपाल २०७५ वैशाख १५ गते ७:५७ मा प्रकाशित

टर्की । सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउँदै आइरहेको नेपालको नम्बर १ कल्चरले ग्रुप “एभरेष्ट नेपाल कल्चरले ग्रुप”ले टर्कीको चनाक्काले सहरमा चनाक्काले नगरपालिकाले आयोजना गरेको अन्तर्राष्ट्रिय बालबालिका लोक सांकृतिक मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ | १००० भन्दा बढी बालकलाकारहरुले भाग लिएको मेलामा नेपाल सहित विश्वका २० राष्ट्रका ३५ समूह सहभागी भएका थिए, मेला अप्रिल २० देखी २६ सम्म चलेको थियो ।

एभरेष्ट नेपाल कल्चरले ग्रुपका प्रमुख आर. सी. कोइराला (रामचन्द्र)को नेतृत्व तथा ग्रुपका निर्देशक शीतल आचार्यको संयोजनमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो | उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, धिमाल, सोरठीका साथै दर्जनौँ नृत्यहरू प्रदर्शन गरिएको थियो|

मेलामा ग्रुपका प्रमुख आर. सी. कोइराला तथा निर्देशकहरू शीतल आचार्य, प्रदीप तिमील्सिना, नृत्य निर्देशक जोगेन्द्र के. सी. तथा लालिगुराश स्कुलको तर्फबाट विद्यार्थीहरू; जेनिश तामाङ, रुबी परिएर, खुसी रामदाम, सृस्‍टि देव्कोटा, हिमनी थापा मगर, प्रतिशा लाम, छोदेन लम, युद्ध जङ्ग थापा मगर, सोनीका बस्तोला, सुबिका महर्जन, इसा सुनुवार लगायत बालकलाकारहरु सहभगि भएका थिए |

सोही अवसरमा ग्रुपका निर्देशक शीतल आचार्यले चनाक्काले सहरका नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेटि नेपालमा सांस्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरूको सहयोगमा गर्न सकिने बताउनुभयो |

टर्कीको बाटो बाटो घर घर र हरेको चोक चोकमा आकाश चुम्नी राष्ट्रिय झन्डै झन्डा देख्दा सहभागी बालबालिकाहरूले हाम्रो देशमा किन हाम्रो राष्ट्रियता र राष्ट्रिय झन्डालाई यो देश टर्कीमा जसरी प्राथमिकता नदेको भन्दा आफूले केही जवाफ दिन नसकेको बताउछिन निर्देशक आचार्य।

“मेलामा सहभागी जनाउँदा कतिपय राष्ट्रका नागरिकले नेपालको नामै नसुनेको, सगरमाथा (एभरेष्ट) को नाम सुनेको तर कहाँ पर्छ भन्ने पनि थाहा नभएको, बुद्ध जन्मियको ठाउँ भन्ने पनि थाहा नपाएको देखिन्छ त्यति बेला आफ्नो मननै भक्कानिएर आउँछ, एकदमै दुख लाग्छ, अर्का निर्देशक प्रदीप तिमील्सिनले भन्नु भयो| उहाँले अगाडि भन्नु भयो “नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिलाई विश्वभर नेपाललाई चिनाउने र नेपाली संस्कृति मार्फत विश्वभर राजदूतको काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवास्ता गरेको हुँदा दुखलाग्छ | कला संस्कृतिलाई प्रबन्धन तथा सम्बर्दन गर्ने संस्था, कलाकारहरू राष्ट्रको सम्पत्ति हुन् भन्ने कुरा राज्यले बुझ्न गरुरी छ|” 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू