अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५७ | Colorodo: 18:12

सोमबार सेयर बजार १७ अंकले बढ्यो, ५७ करोडको कारोबार

बिआरटीनेपाल २०७५ वैशाख ३ गते ८:३१ मा प्रकाशित

काठमाडौं ।  २०७५ सालको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबार बजार १७.४२ अंकले बढेर १२९७.५७ बिन्दुमा पुगेको छ । सोमबार अन्य समूहको परिसूचक १.२१ अंकले घटेपनि अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । बैंकिङ समूहको परिसूचक ४.२८, होटल ५२.१६, विकास बैंक १६.७५, हाइड्रोपावर १२.२३, फाइनान्स १४.७६, इन्स्योरेन्स २९३.२४, उत्पादन तथा प्रशोधन ११.२४ र माइक्रोफाइनान्स ७२.११ अंकले बढेको छ।

सोमबार एक सय ६७ कम्पनीको ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा प्रभु इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । यो वर्षको पहिलो कारोबार दिन हिजो पनि बजार २.६० अंकले उकालो चढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू