अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 14:53

लगानी अनुकूल वातावरण तयार भएकोले नेपालमा लगानीगरी फाइदा लिन भारतीय लगानी कर्ताहरूलाई नेपाली निजी क्षेत्रको आव्हान

बिआरटीनेपाल २०७४ चैत २३ गते ८:५४ मा प्रकाशित

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गरेको, राजनीतिक रूपमा समेत सहज वातावरण बनेको भन्दै वैदेशिक लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराएकी थिइन् ।

उनले नेपाल र भारतका निजी क्षेत्र मिलेर पनि काम गर्न सकिने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीको छाता सङ्गठन भएकाले पनि महासङ्घले पनि थप सहजीकरण गर्ने स्पष्ट पारिन् । उनले लगानी बोर्डको क्षमता वृद्धि र कार्यक्षेत्रको विस्तारसमेत भएकाले लगानीको वातावरण बनेको बताइन् ।

सिएनआइका अध्यक्ष हरिभक्त शर्माले नेपाल लगानीका लागि एकदमै उपयुक्त भएकाले जुनसुकै क्षेत्रमा पनि नाफा कमाउन सकिने भएकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरे ।

नेपाल र भारतबिचको खुला सिमानाका कारण पनि एक अर्काबिच सहज सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले दुई देशका लगानीकर्ताबिच विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीका लागि आउन भारतीय लगानीकर्तालाई आग्रह गरे ।

कार्यक्रममा हिन्दुस्तान पावर लिमिटेडका रतुल पुरीले नेपाल र भारतका उद्योगी तथा व्यवसायी मिलेर ऊर्जाको क्षेत्रमा धेरै काम गर्न सकिने स्पष्ट पारे । पिटिसी इन्डियाका अध्यक्ष दीपक अमिताभले आफ्नो कम्पनीले नेपाल, बङ्गलादेशलाई विद्युत् उपलब्ध गराइरहेको जानकारी दिए ।

नेपाललाई हाल १५० मेगावाट विद्युत् उपलब्ध गराइरहेको जानकारी दिँदै ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन जस्तै अन्य लाइन पनि निर्माण गर्नुपर्ने बताए । भारत ठुलो ऊर्जाको बजार भएकाले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न सकिने बताए ।

नयाँ प्रसारण लाइन निर्माण गर्नुपर्ने र नेपाल–भारतबिच विद्युत्को क्षेत्रमा धेरै काम गर्न सकिने उनको भनाइ थियो । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जिएमआर, वापकोश इन्डिया, एन्डिज हाइड्रोका प्रतिनिधिले नेपालमा आफूहरूले विगतदेखि नै मिलेर काम गर्दै आएको बताएका थिए ।

कार्यक्रममा सिमेन्ट, पूर्वाधार तथा अन्य विभिन्न औद्योगिक क्षेत्रमा काम गर्दै आएका औद्योगिक घराना तथा व्यवसायीले नेपालमा लगानीका लागि आफूहरू तयार रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया