अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

ट्रम्प प्रशासनद्वारा आप्रवासी फिर्ता तीब्र बनाउन कोटा प्रणाली-हरेक न्यायधीशले वर्षको ७ सय मुद्धा हेर्नै पर्ने

बिआरटिनेपाल संवाददाता २०७४ चैत २० गते ८:४१ मा प्रकाशित

ट्रम्प प्रशासनले फेडेरल इमिग्रेसन न्यायधीशको काममा कोटा प्रणाली लागू गर्ने भएको छ । आप्रवासीलाई फर्काउने कार्यलाई तीब्रता बनाउन ट्रम्प प्रशासनले यो कदम अघि सार्ने भएको जनाइएको छ ।

फक्स न्युजले जस्टिस डिपार्टमेन्टका एक अधिकारीले अदालतमा कामको चाङ चुलिएको बताएको उल्लेख गरेको छ । ती अधिकारीले कोटा प्रणाली न्यायधीशको कार्य सम्पादन चुस्त र उत्पादनमुखी बनाउन ल्याइएको जनाएको फक्स न्युजको भनाइ छ ।

उता राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार साँझ आप्रवासी फिर्ता पठाउने काम सुस्त भएको भन्दै दुःख व्यक्त गरेका छन् । ‘हाम्रो आफ्नै देशको कानूनले दक्षिणी सीमाबाट आएकालाई फर्काउन सक्दैन भन्ने कुरा हास्यास्पद छ । त्यसका लागि लामो प्रक्रिया लाग्छ । मेक्सिको र क्यानडामा कडा आप्रवासी कानून छ । हाम्रोमा त्यसको ठाउँमा ओबामाको जोक छ । कंग्रेस केही गर ।’ ट्रम्पले ट्वीट गरेका छन् ।

द जस्टिस डिपार्टमेन्ट्स एक्जाकेटिभ अफिसर फर इमिग्रेसन रिभ्यूको कार्यालयले आप्रवासी मुद्धा हेर्ने हरेक न्यायधीशले सन्तोषजनक काम प्रदर्शन गर्न वार्षिक ७ सय मुद्धा फस्र्यौट गर्नुपर्ने जनाएको छ । हाल हरेक न्यायधीशले वार्षिक औसत ६ सय ७८ मुद्धा फस्र्यौट गरिरहेका छन् ।

आलोचकहरुले कोटा प्रणालीले न्यायधीशो स्वतन्त्रता गुम्ने र कतिपय मुद्धा हतारोमा गर्नुपर्ने अबस्था सिर्जना हुने बताएका छन् ।

कोटा प्रणाली आगामी १ अक्टोबरदेखि लागू हुनेछ । त्यसमा मुद्धाको चरित्र अनुसा कस्तो मुद्धामा न्यायधीशले कति समय खर्चिने भन्ने समेत उल्लेख छ । द वाशिङ्टन पोस्टले पहिलो पटक उक्त कुरा सार्वजनिक गरेको थियो ।

आप्रवासन अदालत हेर्ने महान्यायधिवक्ता जेफ सेसन्सले कामको गति बढाउन पटक पटक आह्वान गरेका छन् । उनले आप्रवासी गिरफ्तारी तीब्र पारिएपछि यस्तो आह्वान गर्न थालेका हुन् । अदालतमा हाल यससम्बन्धी ६ लाख ५० हजार भन्दा बढी मुद्धा विचाराधीन छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू