अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

गजल

लीलाराज दाहाल

लीलाराज दाहाल २०७४ चैत १० गते ११:२५ मा प्रकाशित

ओठमा हाँसो छरेको तिमीलाई पाउन हैन
प्रेमको साँघु तरेको तिमीलाई पाउन हैन ।

पिडाको ठूलो भीरमा पुगेकी थियौ
हातै समाइ हरेको तिमीलाई पाउन हैन ।

जिन्दगीको डुँगालाई नि छाडी दिएँ त्यसै
सागर बीच परेको तिमीलाई पाउन हैन ।

तिम्रो मनको संसार फेरि नियाल्नु थियो
मरी हत्ते गरेको तिमीलाई पाउन हैन ।

म त रम्न चाहन्थें त्यहाँ पनि एक दिन
जूनमा पुगी झरेको तिमीलाई पाउन हैन ।

 

प्रतिक्रिया