अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

तमु समाजको बेल्जियममा साङ्गीतिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ फागुन २९ गते २१:५५ मा प्रकाशित

तमु समाज बेल्जियमले आफ्नो परम्परा र वार्षिक कार्यक्रम अन्तर्गत चेलीबेटी सम्मानार्थ ‘रिह चमी कै पिवा’ कार्यक्रमको ओस्टेन्डे सहरमा आयोजना गरेको छ ।

समाजले आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा बेल्जियममा आयोजना गरेको सो कार्यक्रममा युरोपमा बसोबास गर्ने गुरुङ समुदायका चेलीको सम्मानार्थ विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजनासमेत गरिएको समाजका महासचिव सूर्य गुरुङले जानकारी दिए ।

कार्यक्रममा लोकगायक राजु परियार र कलाकार सुलेमान शङ्कर (इकु) ले आफ्नो प्रस्तुति दिएका थिए । सोही अवसरमा समाजका अध्यक्ष जीवन तमुले चेली सम्मान कार्यक्रमले युरोपमा बस्ने गुरुङ समुदायबिच एकता कायम हुनका साथै दुःख, सुख साटासाट गर्ने अवसर मिलेको बताए । 

File Photo

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू