अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

‘फोब्स’ सूची सार्वजनिक: विनोद चौधरी यस वर्ष पनि सर्वाधिक धनीको सूचीमा

बिआरटीनेपाल २०७४ फागुन २३ गते ८:१३ मा प्रकाशित

फोब्स म्यागजिनले सार्वजनिक गरेको यस वर्षका सर्वाधिक धनीहरुको सूचीमा यस वर्ष पनि नेपालका विनोद चौधरी परेका छन् । १५६१ औँ स्थानमा पर्न सफल चौधरी ग्रुपका मालिक विनोद, नेपालका एकमात्र खर्बपति हुन्  ।

उनको नाम सन् २०१३ देखि फोब्र्सको सूचीमा पर्दै आएको छ ।यो वर्ष उनको कूल सम्पति १.५ अर्ब डलर रहेको फोब्सले उल्लेख गरेको छ । ६२ वर्षीय विनोद गत वर्ष भने १.३ अर्ब डलर सम्पत्तिका साथ १५६३ औँ स्थानमा रहेका थिए ।

त्यसैले यो वर्ष उनी दुई स्थान माथि आएका छन् ।त्यसैगरी भारतका चर्चित व्यवसायी मुकेश अम्बानीले भने १९ औँ स्थान प्राप्त गरेका छन् । ६० वर्षीय अम्बानी यसअघि ३३ औँ स्थानमा रहेका थिए । २०१८ मा उनको कूल सम्पति ४०.१ अर्ब डलर रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू