अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

नेपाल सरकारले अमेरिकन कामदार, विद्यार्थी तथा सञ्चारकर्मीलाई लामो समय सम्मको प्रवेश आज्ञा दिने

विजय थापा २०७४ फागुन १८ गते १४:२० मा प्रकाशित

अमेरिकन राजदूतावासले एक छापा विज्ञप्ति निकाली नेपाल सरकारले अमेरिकन कामदार, विद्यार्थी तथा सञ्चार कर्मीलाई निम्न दस्तुर तथा लामो समय सम्मको प्रवेश आज्ञादिने कुरामा सहमति भएको उल्लेख गरेको छ ।

गत फेब्रुअरी २६ तारिखमा प्रकाहित छापा विज्ञप्तिमा उक्त कुरा जनाएको हो । अमेरिकन सरकार ले खुसी व्यक्त गर्दै उक्त सम्झौता गत जनवरी १ तारिखबाट लागू हुने समेत उल्लेख गरेको छ ।

नेपाल सरकार अध्यागमन विभागले नेपालको यात्रामा आएका अमेरिकन कामदार, विद्यार्थी तथा सञ्चार कर्मीलाई यस्तो समय तथा दस्तुर लिने जनाएको छ ।

अमेरिकन कामदार या काम गर्नेलाई ३ वर्षको लागि १९० डलर दस्तुर लिने भएको छ भने विद्यार्थीहरूका लागी ५ वर्षको लागि $३६० दस्तुर राखेको छ । यसै गरी संचारकर्मीलाई ५ वर्ष सम्मको लागि केवल $१६० दस्तुर राखिएको छ ।

माथि उल्लेख गरिएका समय अवधि तथा दस्तुर केवल अमेरिकन नागरिकको लागि मात्र लागू हुने छ । चाहे नवीकरणको लागि होस् या या पहिलो पटक निवेदन दिनेलाई उक्त समय अवधि प्रदान गर्ने तथा दस्तुर लाग्ने अमेरिकन दूतावासले जनाएको छ ।

यसको साथै अध्यागमन विभागले यात्राको लागि मासिक दस्तुर हटाएको छ । र यसको विस्तृत जानकारी लिन नेपाल अध्यागमन विभाग बाट लिन सकिने छ ।

यसको साथै पर्यटक प्रवेश आज्ञामा आएकाले काम गर्न तथा स्वयम् सेवक अनुमति पाउने छैन । यसो गरेमा कारागार ,देश निकाला तथा नेपाल आउन समेत प्रतिबन्ध तथा गहकिलो जरिवाना लगाइने समेत उल्लेख गरेको छ ।

http://www.nepalimmigration.gov.np./

प्रतिक्रिया