अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 14:20

काँग्रेसले देशलाई कङ्गाल बनाएर सत्ता छोडेको माओवादी नेता देव गुरुङको आरोप

बिआरटीनेपाल २०७४ फागुन ११ गते ८:३६ मा प्रकाशित

माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले देशलाई आर्थिक रुपमा कङ्गाल बनाएर काँग्रेसले सत्ता छाडेको आरोप लगाउनु भएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन पछि पराजय भोगेको काम चलाउ सरकारले दुरगार्मी असर पार्ने निर्णय गर्दै देशलाई आर्थिक रुपमा कङ्गाल पारेको आरोप लगाउनु भएको हो ।

उहाँले बिगतमा पाँच अरब भन्दा बढी रकम जम्मा हुने यो समयमा पनि एक अरब रकम घाटामा भएको उल्लेख गर्नुभयो ।

उहाँले आईतवारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताउनुभयो । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने र आफूलाई पार्टीले मन्त्री बनाए पाएको जिम्मेवारी पुरा गर्ने उहाँले बताउनु भयो ।

गठबन्धनको सरकार दिर्घकालीन नहुने अवस्था देखिएको उहाँको बुझाई छ । जनादेश समेत पार्टी एकताको पक्षमा रहेको अबस्थालाई मध्यनजर गर्दै केही भ्रामक आवाज उठेपनि पार्टी तत्काल सरकारमा सहभागी जनाउने उहाँले बताउनुभयो ।

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने उहाँले बताउनु भयो । दलहरुबीच निषेधकोे राजनीतिकले तिब्रता पाएको उहााले बताउनुभयो । उहाँले राष्ट्र र राष्ट्रियताको बिषयमा पक्षप्रतिपक्ष नभएर बामगठबन्धन र काँग्रेस एक ठाउँमा उभिने बताउनु भयो ।

सरकारमा मधेशबादी दल समेत समाबेश हुन सक्ने वाताबरण तयार भइरहेको उहाँले बताउनुभयो । उहाँले जनअपेक्षा र समयको माग अनुसार संबिधान संसोधन समेत गर्नं सकिने बताउनु भयो ।

नेपालमा बैदेशिक हस्तक्षेप प्रत्यक्ष नभई आर्थिक हिसाबले तीब्र बढिरहेको प्रति संकेत गर्दै उहाँले बिदेशीले सरकारका हरेक निर्णय र नीतिहरु आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आइरहेकोले अबको सरकार यस बषियमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

देश संघियतामा प्रवेश गरिसेको र प्रान्तको आर्थिक भार धान्न अप्ठेरो अवस्था देखिएको उहाँले उल्लेख गर्नुभयो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू