अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

राष्ट्रपति भण्डारीबाट पूर्व सांसदहरूको राष्ट्रिय भेला उद्घाटन

बिआरटीनेपाल २०७४ माघ २९ गते ४:०० मा प्रकाशित

पूर्व सांसदहरूको राष्ट्रिय भेलाको सुरु भएको छ । शान्ति, स्थिरता र लोकतन्त्र सुशासन र संमृद्धीको मूलमन्त्र भन्ने नाराका साथ काठमाडौंमा सुरु भएको २ दिने भेलाको राष्ट्रपति बिधादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति बिधादेवी भण्डारीले नेपालको राजनिति तथा सार्वजनिक जिवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका पूर्व सांसदहरूको अनुभव राष्ट्रका लागी महत्वपूर्ण रहने भन्दै राष्ट्रपति भण्डारीले  जन चाहाना अनुरूपको संविधान निर्माण भै कार्यान्वयनमा समेत आईसकेको अहिलेको अवस्थामा मूलुकको एक मात्र एजेण्डा अव आर्थिक संबृध्दी नै हुनु पर्ने धाराणा राख्नु भएको छ ।

पूर्व सांसदहरूको राष्ट्रिय भेलाले संमृद्ध नेपाल निर्माणकालागी पूर्व सांसदहरूको अवधारणा तय गरी सरकारलाई बुझाउने छ ।

नयाँ परिबेशमा राष्ट्रको एक मात्र ऐजेण्डा मुलुकको समग्र आर्थिक विकास रहेकाले उच्च आर्थिक विकास हासिल गर्न राज्यले अवलम्बन गर्नु पर्ने निती र प्राथमिकताका विषयमा राज्यलाई सुझाव दिने उद्येश्यले राष्ट्रिय भेला आयोजना गरिएको पूर्व सांसद मंच नेपालकाअध्यक्ष ओमकार श्रेष्ठले बताउनु भयो ।

त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाले संविधान कार्यान्वयनको चरणमा मुलुक प्रवेश गरेको अहिलेको अवस्थामा मूलुकको आर्थिक संबृध्दिमा पूर्व सांसदका अनुभव उपयोगी हुने बिचार ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू