अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 14:11

सिरियाली सेनाले गोली हानेर इजरायली लडाकू विमान खसाल्यो

बिआरटीनेपाल २०७४ माघ २८ गते २:०८ मा प्रकाशित

सिरियाको सेनाले गोली हानेर शनिबार बिहान एउटा इजरायली लडाकू विमान खसालिदिएकोे बताएको छ ।  मध्य सिरियास्थित सैन्य शिविरलाई लक्षित गरी केही इजरायली युद्धक विमानले शनिबार विहान हवाई आक्रमण थालेपछि सिरियाली वायु सुरक्षा बलले ती आक्रमणलाई विफल पार्न सफल भएको सिरियाली राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

समाचार अनुसार सिरियाली वायुसेनाले इजरायली विमानमाथि आक्रमण गरेपछि विमान आकाशमा नै जलेको तर युद्दक विमानका दुई चालक भने प्यारासुटको सहारामा जमिनमा अवतरण गरेका बताइएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार इजरायली एफ–१६ युद्धकविमानलाई उक्त देशको उत्तरी भागमा सिरियाली वायुसेनाले गोली हानी खसालिदिएको बताएका छन् ।

इजरायलद्वारा सिरियाली वायुसेनाको होम्सस्थित टी–४ शिविरमाथि आक्रमण गरेपछि प्रतिरक्षाका लागि सिरियाली सेनाले पनि आक्रमणलाई शसक्त बनाएको थियो ।

तर इजरायलले भने सिरियाबाट आक्रमण गरिएको मानवरहित युद्धक विमानलाई आकासमा नष्ट गरिएको र सिरियामा रहेका युद्धक विमानसम्बन्धि सामग्रीलाई लक्षित गरी त्यसपछिमात्र आफूले आक्रमण थालेको जनाएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू