अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

ताइवानमा शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु, २२५ घाइते, १४५ बेपत्ता 

बिआरटीनेपाल २०७४ माघ २४ गते १:३७ मा प्रकाशित

ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ । 

भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन् । साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएर रहेका छन् । उक्त व्यापारिक भवन आंशिक रुपमा भत्किएका कारण नागरिकहरु भवनको चेपुवामा परेका छन् ।

उनीहरुलाई उद्वारका लागि ठूलो संख्याका प्रहरीले प्रयास जारी राखेका बताइएको छ । अधिकारीहरुले भूकम्पपछिको उद्वारका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बताएका छन् ।

बुधबार बिहान १०ः४० बजे आएको सो भूकम्प ६.५ रिक्टर स्केलको थियो । त्यस भूकम्पले ठूलो भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ । तर अहिले उद्वारको कार्य जारी रहेकोले क्षतिको पूर्ण विवरण प्राप्त हुन सकिरहेको छैन ।

ताइवानमा यतिखेर विदेशी पर्यटकहरु जाने मौसम हो । त्यसैले भूकम्पमा पर्यटकहरु पनि परेको अनुमान गरिएको छ । अहिलेसम्मको सूचनाअनुसार पाँच जना विदेशी पर्यटक घाइते भएको पाइएको छ ।

उक्त भूकम्पपछिका कैयौँ पराकम्पहरुका कारण नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । उनीहरु घरभित्र नभएर सबैजना सडक तथा खाली चौरमा जम्मा भएर बसेका जनाइएको छ ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू