अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन लगानी नगरे कागजात विहिन आप्रवासीलाई फिर्ता पठाउने – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७४ पुष १६ गते १५:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको– अमेरिका सीमामा पर्खाल लगाउन लगानी नगरे सयौँ हजार कागजात विहिन आप्रवासी युवालाई फिर्ता पठाउनबाट जोगाउन कुनै कदम नचालिने बताएका छन् ।

‘डेमोक्र्याटहरुलाई भनिएको छ र उनीहरूले पूर्ण रूपमा बुझेका छन् कि डरलाग्दो रूपमा नियमित अमेरिका प्रवेश गरिरहेका विदेशीलाई रोक्न दक्षिणी सीमामा अत्यावश्यक पर्खाल नबने र हास्यास्पद चिठ्ठा प्रणाली नरोकिए डाका (डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स) सम्भव छैन,’ ट्रम्प ट्वीटेका छन्, ‘जुनसुकै मूल्यमा पनि हामीले हाम्रो देशको रक्षा गर्नुपर्छ ।’

ट्रम्पको यस्तो अभिव्यक्तिले डाकामा समावेश अवैधानिक रूपमा बच्चामै अमेरिका प्रवेश गराइएका झन्डै ८ लाख मानिसलाई फिर्ता पठाइनबाट रोक्न डेमोक्र्याट र रिपब्लिकन एक ठाउँमा आउन सक्नेमा शङ्का पैदा गरेको छ । किनभने, डाका पारित गराउन डेमोक्र्याटहरु ट्रम्पले भनेको पर्खाल निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न सहमत बन्ने सम्भावना छैन ।

ट्रम्पको ट्वीटप्रति प्रतिक्रिया दिँदै हाउसमा अल्पसंख्यकको नेतृत्व गर्ने न्यान्सी पेलासीकी प्रवक्ता ड्रयू ह्यामिलले भनेका छन्, ‘प्रेसबाट लेनदेनमा दलाली गरिँदैन, हामी (बिदाबाट) फर्केपछि बुधवार हुने बैठकमा गम्भीर छलफल हुन्छ ।’

पेलोसी अल्पसंख्यकको नेतृत्व गर्ने अर्का सिनेटर चक स्कमर, स्पिकर पल रायन, सिनेटमा बहुसङ्ख्यकको नेतृत्व गर्ने मिच म्याक्कनेल र ह्वाइट हाउस चिफ अफ स्टाफ जोन केलीबीच बुधवार भेटघाट हुँदैछ । स्रोतका अनुसार भेटघाटमा छलफलको मुख्य विषयय सरकारको खर्च छ ।

ट्रम्पले आप्रवासीप्रति कठोर नीति अघि सारेर राष्ट्रपतिका लागि भोट मागेका थिए । ‘पर्खाल बनाऔं’ भन्ने नारा नै उनको ट्रेड मार्क बनेको थियो । उनले नियमित आप्रवासन रोक्न, विदेशबाट मान्छे ल्याउने निर्देशिका बनाउन र अमेरिका आप्रवासन न्यून रहेका देशबाट मान्छे ल्याउन चिठ्ठा प्रणाली अन्य गर्न वकालत गरेका थिए ।

डाका प्राप्तिका लागि डेमोक्र्याटहरुले के गर्नुपर्छ भन्ने अडान ट्रम्पले प्रस्ट रूपमा राखेका छन् । डाका कार्यक्रम खारेज गर्दा पनि ट्रम्पले यसलाई कङ्ग्रेसले मात्र जोगाउन सक्ने भनेका थिए । यस विषमा कङ्ग्रेसमा डेमोक्र्याट र रिपब्लिकनबीच सहमति हुन सकेको छैन । नयाँ वर्ष लगत्तै कङ्ग्रेसमा डाका कार्यक्रमले प्राथमिकता पाउने छ ।

ट्रम्पले कुनै पनि सम्झौता पर्खाल बनाउने सर्तमा मात्र हुने बताएका छन् । तर, उनी डाका कार्यक्रममा समावेश मानिसलाई संरक्षण गर्न कति इच्छुक छन् भन्ने प्रस्ट छैन । ट्रम्पले पर्खाल बनाउने सम्बन्धमा सहमति भए डाका कार्यक्रममा स्वतन्त्र मतदानका लागि सिनेट फ्लोर खुला गर्ने भने बताएका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू