अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

अमेरिकामा किस्ताबन्दीको सुखी जीवन

मनु ब्राजाकी २०७४ पुष २ गते २१:०० मा प्रकाशित

 

कानुनी प्रक्रिया पुर्याएर अमेरिकामा आएपछि कानूनसम्मत ढङ्गले काम पाइन्छ । कानूनसम्मत ढङ्गले काम पाएपछि यहाँ सबै कुराहरू किस्ताबन्दीमा पाइन्छ ।

घर किस्ताबन्दीमा । घर सजाउने सर्जाम किस्ताबन्दीमा । नयाँ र पुरानो मोटर चढ्न किस्ताबन्दीमा । गरिब देशको तुलनामा स्तरीय जीवनयापनका सबै साधन र मोजमज्जाका सबैथरी सर्जाम किस्ताबन्दीमा पाइन्छ ।

ब्वायफ्रेण्ड, गर्लफ्रेण्ड, श्रीमान्, श्रीमती पनि ‘लिभिङ टुगेदर’ को शर्तबन्दी अन्तर्गत किस्ताबन्दीमा पाइन्छ । छोट्करीमा भन्नुपर्दा सुख सुविधायुक्त जीवन व्यतीत गर्न यावत् कुरा किस्ताबन्दीमा पाइन्छ ।

यिनै किस्ताबन्दीका किस्ता तिर्न गधाकाझैं एकठाउँको कामले नभ्याएर दस ठाउँमा दलिनुपएछ ….. मोजमज्जा गर्न बाँचुञ्जेल ।

अतः ढुक्क हुनुहोस्, अमेरिकामा मोजमज्जापूर्बक किस्ताबन्दीमा पाइन्छ तर मर्न किस्ताबन्दीमा पाइँदैन ।

त्यतिमात्र कहाँ, मरेपछि गाडिन र पोलिन पनि किस्ताबन्दीमा पाइँदैन ।