अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

गजल

मनु ब्राजाकी २०७४ असार ८ गते १९:१३ मा प्रकाशित

गोही पनि रुँदो रै’छ माछा खाइसकेपछि ।
झल्लो नेता हुँदो रै’छ टोपी लाईसकेपछि ।

साहुजीले पाउकष्ट गर्नुभयो आँगनमा,
म दु:खीले यसपालि सबै दाइँ सकेपछि ।

बल्ल मान्छेसित माया लाउन थालेको छ मान्छे,
तेत्तिस कोटी दैवसित धोका पाइसकेपछि ।

फेरी हावा, हुरी, वर्षा चट्याङ पर्लाजस्तो भयो,
बल्लतल्ल भत्क्या घरअको छानो छाइसकेपछि ।

नेपालको आधुनिकता कति दाङपरेको छ,
राष्ट्रगान गाउने बेला पप गाइसकेपछि ।