अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

आँधी पीडितको सहयोगमा अमेरिकी पाँच पूर्वराष्ट्रपति सहभागी

बिआरटीनेपाल २०७४ कार्तिक ५ गते ११:५४ मा प्रकाशित

अमेरिकामा आँधीबाट प्रभावितहरुका लागि सहयोग सङ्कलनका लागि शनिवार राती आयोजित सांस्कृतिक कार्यक्रम (कन्सर्ट)मा अमेरिकाका पाँच जना पूर्वराष्ट्रपति पनि सहभागी हुनुभएको छ ।रात्रीकालिन सांस्कृतिक कार्यक्रम (सन्सर्ट)मा पूर्वराष्ट्रपति जिम्मी कार्टर, जर्ज एच डब्लु बुस, बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओवामा सहभागी हुनुभएको हो ।

कार्यक्रममा राष्ट्रपति डोनाल्ड ड्रम्प भने उपस्थित हुनुभएको थिएन । तर उहाँले कार्यक्रमका लागि पठाएको भिडियो सन्देशमा तुफानबाट पीडितहरुलाई सहयोगका लागि देखाएको सक्रियताप्रति पूर्वराष्ट्रपतिहरुलाई धन्यवाद दिनुभएको छ । अमेरिकी राज्य टेक्ससको होस्टनदेखि झन्डै १४० किलोमिटर उत्तरपश्चिमी क्षेत्रमा रहेको ए एण्ड एम युनिभर्सीटीमा ‘एक अमेरिकी आग्रह’ नामक कार्यक्रम शनिवार राति आयोजना गरिएको थियो ।

गत अगस्त २५ मा टेक्सस गल्फ कोस्टमा आयोजित आँधीबाट प्रभावितहरुको सहयोगका लागि कोष बढाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । सो आँधीमा परी ८० भन्दा धेरै जनाको मृत्यु भएको थियो । साथै यसबाट निकै ठुलो जनधनको क्षति हुन पुगेको अधिकारीहरूले जनाएका छन् । (रासस÷सिन्ह्वा) फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू