अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

गजल

समिर घिमिरे २०७४ असोज ३१ गते ९:४० मा प्रकाशित

रहरहरु त्यसै त्यसै गएका छन् बलि बनेर
नियति मालिक बन्यो र म बसेँ हली बनेर

पहिले बत्ति झैँ भयौ र उज्यालोको आश देखायौ
म अाफैँ होमिएको हुँ त्यसमा पुतली बनेर

तिमी म बाट दुर हुन आतुर गर्‍यौ यति छिट्टै
सोचिनौ बसिसकेकी थ्यौ मेरो श्वासनलि बनेर

फूलदेखि खुब हुरुक्कै हुन्थ्यौ याद आउँछ सानु
तिम्रो गमलामा फुल्न मन छ मखमलि बनेर

प्रतिक्रिया