अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

इर्माका कारण फ्लोरिडामा ११ लाख मानिस विद्युत् विहीन, दुई जनाको मृत्यु

बिआरटीनेपाल २०७४ भदौ २५ गते २२:२६ मा प्रकाशित

सेन्ट पेटर्सबर्ग (फ्लोरिडा), २४ भदौ । क्यारेवियन क्षेत्रको सामुद्रिक आँधी इर्मा आइतबार अमेरिकी राज्य फ्लोरिडामा पुगेको छ । इर्माका कारण सो राज्यमा ११ लाख वासिन्दा विद्युतविहीन बनेका छन् ।फ्लोरिडा विद्युत् कम्पनीले मियामी–ढाड क्षेत्रमा करिब छ लाख, ब्रोवार्ड मा करिब चार लाख र पाल्म बिचमा करिब एक लाख ५० हजार मानिस विद्युत् सेवा विहीन बनेका जनाएको छ ।फ्लोरिडाको कुडजो किजमा आँधीका कारण आइतबार बिहान विशाल पहिरो गएको छ । फ्लोरिडा राजमार्ग सुरक्षा गस्ती टोलीले आँधीबाट भाग्ने क्रममा राजमार्गमा दुई जनाको निधन भएको बताएको छ ।  फ्लोरिडामा २१५ किलोमिटर प्रतिघण्टाका गतिमा आएको आँधीका कारण दरले पहिरो गएको छ ।

समयमै लाखौँ मानिसलाई सुरक्षितस्थलमा जान राज्य सरकार तथा सुरक्षाकर्मीले सूचना गरेकोले आँधीका कारण ठुलो मानवीय क्षति नभएपनि हजार्रौ घरहरू प्रभावित बनेका छन् । रासस÷एपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू