अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

प्रा. सुवेदीद्वारा १३५ किमी पदयात्रा पूरा

बिआरटीनेपाल २०७४ भदौ ८ गते ८:०५ मा प्रकाशित

लन्डन । नेपालमा परोपकारी काम गर्ने संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा गरेको काममा आर्थिक सहयोग जुटाउने उद्देश्यले सो संस्थाका सहअध्यक्ष प्रा. सूर्यप्रसाद सुवदीले एकसय ३५ किमी लामो पैदलयात्रा पूरा गरेका छन् ।

इंगल्याण्ड र स्कटल्याण्डको सीमामा पर्ने रोमन सम्राट हेड्रियनले बनाएको प्राचीन हेड्रियन वालको पल्लो छेउदेखि वल्लो छेउसम्मको पैदलयात्रा उनले आफ्ना सहयोगी मित्र डा. स्टिभ टर्नर र आन्ड्रू स्टुवार्टको साथमा पूरा गरेका हुन् । गत अगष्ट १४ तारिखदेखि हुरु भएको पदयात्रा अगष्ट २१ तारिखमा पूरा भएको थियो।

‘हामी आफ्नो यात्राको क्रममा ११३२ फिटसम्म पुग्यौं भने १६ वटा ऐतिहासिक किल्लाहरू र ७९ वटा क्यासलहरू पनि पार गर्‍यौँ । यात्राको क्रममा देखिएको इंगल्याण्डको प्राकृतिक सौन्दर्य अत्यन्त मनमोहक थियो । म शारीरिक रूपमा थाके पनि मानसिकरुपमा अत्यन्त तरोताजा अनुभव गरिरहेको छु । नेपालमा कल्याणकारी काममा सघाउन पाएकोमा सन्तोष पनि लागेको छ’, प्रा.सुवेदीले भनेका छन् ।

प्रा. सुवेदीको उक्त अभियान र ब्रिटेन नेपाल मेडिकल ट्रष्टले नेपालमा गरेको काममा सहयोग गर्न इच्छुक व्यक्तिहरूले सो संस्था सहयोग गर्न सक्ने जनाइएको छ ।

ट्रष्टले नेपालका झन्डै ४५ जिल्लामा विभिन्न प्रकारको स्वास्थ्य सेवाको काम गरिरहेको छ । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू