अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

पोर्चुगलमा विश्व आदिवासी दिवस मनाइदै, ‘नेफिन’ पोर्चुगलको साधरण सभा पनि गरिने 

बिआरटीनेपाल २०७४ साउन १ गते ५:४७ मा प्रकाशित
पोर्चुगलमा बसोवास गर्दै आएका नेपालका आदिवासी जनजातीहरुले आगामी अगस्ट ९ तारिक विश्व आदिवासी दिवसको अवसर पारेर राजधानी लिस्वनमा एक भब्य कार्यक्रमको आयोजना गरिने भएको छ ।
हरेक वर्ष अगस्ट ९ तारिक विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त रास्ट्र संघको तथ्यांक अनुसार विश्वका  करिव ९० देसमा ३७० मिलियनको संख्यामा आदिवासीहरु बसोवास गर्दछन भने ७ हजार भाषा र ५ हजार भन्दा धेरै फरक फरक सस्कृति अबलम्बन गर्दछन ।
आदिवासीहरुको आफ्नै भाषा,सस्कृति र रहन सहन छ । उनीहरु प्रकृति संग धेरै नजिक रहेका हुन्छन जसेल गर्दा उनीहरुको जल,जमिन संग धेरै सामिप्यता सम्बन्ध रहेको छ भने उनीहरु राज्यका हरेक निकायहरुमा पछि पारिदै आएका छन त्यसैले संयुक्त रास्ट्र संघको  स्थापना पश्चात विगत १० वर्ष देखि अगस्ट ९ तारिक विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा अनुरुप हाल विश्वभर यो दिवस मनाउने गरिन्छ ।
“आदिवासीहरुको हक अधिकार सुनिश्चित गर्नका लागि संयुक्त रास्ट्र संघले अघि सारेको घोषणा-पत्रको १०औ वर्ष पुगेको अवसरमा “आदिवासी जनजातिहरुको हक अधिकार सम्बन्धि संयुक्त रास्ट्र संघिय घोषणापत्रको दशौ वार्षिकउत्सव”का रुपमा  आगामी विश्व आदिवासी दिवस मनाईने भएको छ ।
करिव १० वर्ष पहिले १३ सेप्टेम्बर २००७ मा “आदिवासीहरुको हक अधिकार सुनिस्चित गर्नु पर्छ”भन्दै संयुक्त राष्ट्र संघले आदिवासी अधिकार सम्बन्धि घोशणापत्र अगाडि सारेको थियो जुन घोषणापत्रलाई  हाल सम्म विश्वका बिभिन्न राष्ट्रहरुले अबलम्बन र कार्यान्वयन गर्ने तर्फ अग्रसर देखिएका छन भने नेपाल पनि संयुक्त रास्ट्र संघको सदस्य राष्ट्र हो तर नेपालमा अझै संयुक्त राष्ट्रसंघले अघि सारेका आदिवासी हक अधिकार सम्बन्धि अभिसन्धिमा हस्ताक्षर गरे पनि व्याबहारत लागु हुन सकेको छैन ।
नेपालमा करिव ५९ आदिवासी जनजातीहरु सुचिकृत भएका छन भने देसको कुल जनसंख्याको ३९ प्रतिशत भन्दा बढि जनसंख्या ओगटेको छ आदिवासी जनजातिहरुले भने करिव १०० भन्दा बढी भाषा र सस्कृति र परम्परा रहेको छ नेपालमा ।
नेपाल एक बहु जाती,बहु भाषिक र बहु सास्कृतिक समाबेशी राष्ट्र हो नेपालको संबिधान २०७२को प्रस्तावनामा पनि यो कुरा लिपिबद्द गरिएता पनि आदिवासी जनजातिहरुको अधिकारका बारेमा अझै पूर्ण रुपले उक्त संबिधानले समेट्न सकेको छैन त्यसैले आदिवासी जनजाती महासंघले नेपाल सरकारको ध्यानाकर्षण गर्दै बिभिन्न चरणमा आन्दोलन गरिसकेको छ भने अझै नेपालका आदिवासी जनजातिहरुको हक अधिकार पूर्ण रुपले सुनिस्चित गर्न पुनः अर्को आन्दोलनको विकल्प नभएको कुरा आदिवासी जनजाती महासंघका पुर्व महासचिव तथा त्रिभुवन विश्वविध्यालयका प्राध्यापक डा, ओम गुरुङ बताउनु हुन्छ ।
प्रवास स्थित कृयाशील आदिवासी  जनजाती महासंघहरुले केन्द्रिय महासंघको निर्देशन अनुरुप नेपालका बिभिन्न आन्दोलन र अधिकारका पक्षमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आइरहेका छन ।
आदिवासी जनजाति महासंघ,पोर्चुगलले आगामी अगस्ट ९ तारिक हुने विश्व आदिवासी दिवस ६ अगस्ट २०१७ मा गर्ने निर्णय गरेको छ ।  पोर्चुगलमा रहेका बिभिन्न मार्ती सस्थाहरु संग समन्वय गर्दै संघले यस वर्षको विश्व आदिवासी दिवस भब्य रुपमा मनाउने तयारी गरेको कुरा संघका अध्यक्ष नर भूपाल राईले जानकारी दिएका छन भने सोहि दिन संघको पहिलो साधारण सभा पनि गरिने तयारी भैरहेको कुरा अध्यक्षले जानकारी दिएका छन ।
कार्यक्रम भब्य रुपमा मनाउनका लागि आदिवासी जनजाती महासंघका अध्यक्ष नरभूपाल राईको अध्यक्षतामा ५१ सदस्सिय कार्यक्रम मूल आयोजक समिति गठन गरिएको छ । जसमा कार्यक्रम प्रचार प्रसार संयोजक संघका उपाध्यक्ष, हेम गुरुङ ,सास्कृतिक व्यवस्थापन संयोजक उपाध्यक्ष – राजेन्द्र शेर्पा , अतिथि व्यवस्थापन तथा सत्कार संयोजक उपाध्यक्ष – अगम सिङ्ग लामा,आर्थिक व्यवस्थापन संयोजक कोषाध्यक्ष तारा तमुस्योलाई जिम्मेवारी दिइएको छ भने संयोजकहरुले अन्य सदस्यहरु छनोट गरि काम अगाडी बढाउने निर्णय गरिएको कुरा उपाध्यक्ष हेम गुरुङले जानकारी दिएका छन ।
राजधानी लिस्वन स्तिथ आन्जोस जिम हलमा आगामी ६ अगस्ट २०१७ आइतवार दिनको ठिक १ बजे देखि अपरान्ह ४ बजे सम्म संघको साधारण सभा गरिने भएको छ भने साधारण सभा पश्चात लगतै ४;३० बजे देखि ११ बजे सम्म विश्व आदिवासी दिवस मनाइने गरि कार्यक्रम तय गरिएको कुरा संघले जानकारी दिएको छ ।
“आदिवासी जनजातीहरुको हक अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघको घोषणाको दशौ वर्ष गाँठ”का रुपमा मनाइने यो वर्षको विश्व आदिवासी दिवसमा नेपालमा आदिवासी जनजातिहरुको हक अधिकारको बारेमा बिभिन्न चरणमा गरिएका आन्दोलनका बारेमा चर्चा गरिने भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नका लागि बेलाएत,बेल्जियम र अन्य युरोपका देसहरुबाट अतिथिहरु समेत आउने कुरा उपाध्यक्ष हेम गुरुङले जानकारी दिएका छन ।
बिभिन्न आदिवासीहरुको सास्कृतिक झाँकी,रहनसहन तथा सस्कृतिहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा पोर्चुगलवासी सम्पूर्ण नेपाली समुदायहरुलाई उपस्थित भै कार्यक्रम भब्यरुपमा सफल पार्नका लागि नेपाल आदिवासी जनजाती महासंघ,पोर्चुगलले सवैमा सार्वजनिक अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू