अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

परराष्ट्रमन्त्री महतका महत्वपुर्ण धारणा सहित एनआरएन अमेरिकाको साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०७३ माघ ३ गते २२:३२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले समुद्घाटन गरेको एनआरएन समन्वय परिषद् अमेरिकाको पाँचौ वार्षिक साधारण सभा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा टेक्सासको ड्यालसमा शनिबार सम्पन्न भएको हो ।

करिब तीनलाख पचास हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिने अमेरिकामा एनआरएनले सबैको साझा सङ्गठनको रूपमा काम गर्दै आएको देखेर पनि हुनसक्छ परराष्ट्रमन्त्री मन्त्री महत विरोधको वास्तै नगरी यो कार्यक्रमका लागि शुक्रवार अमेरिका आएका थिए ।

टेक्सास स्थीत ड्यालसमा भएको उक्त कार्यक्रममा बोल्दै डा. महतले नयाँ टेक्नोलोजी र संसारकै शक्तिशाली देशको रुपमा चिनिएको अमेररिकामा नेपालीहरुले पनि कर्मथलो बनाएर बस्न सक्नु राम्रो कुरा भएको बताउँदै नेपालीहरूको बाक्लो बसोबास रहेको ठाउँमा कन्सुलेट कार्यालय स्थापना गर्नका लागि सरकारले गृहकार्य पनि गरिसकेको जानकारी दिएका थिए ।

डा. महत भने, ‘उक्त ठाउँ विशेष गरी टेक्सस र क्यालिफोर्निया उपयुक्त रहेको महसुस गरिएको छ ।’
नेपालीहरू देशबाट बाहिरिनु देशका लागि ठुलो घाटा भएको र विशेष गरी नेपालबाट दक्ष र क्षमतावान जनशक्तिको पलायन भइरहेको अवस्थामा बाहिरिएका नेपालीलाई देशसँग जोड़ने काम एनआरएनएले गरेको बताउँदै मन्त्री महतले  रेमिटेन्सले देश चल्न सक्ने तर उच्च आर्थिक वृद्धि हुन नसक्ने कुरा प्रस्ट पार्दै भने, ‘हामी चाहन्छौं ठुलो सङ्ख्यामा रहेका तपाइहरू नेपालमै गएर नेपालकै समृद्दिमा लाग्नु हुनेछ ।’

एनआरएनए अमेरिकाको पहलमा गोर्खाको बार्पाक लगायतका महाभुकम्पले ध्वस्त बनाएका ठाउँमा घर बनाएर नेपाल र नेपालीका लागि ठुलो सहयोग गरेको स्मरण गर्दै उनले थपे, ‘यो कुराले हामी नेपालमा बस्ने सम्पूर्ण नेपालीहरू अत्यन्त ख़ुशी भएका छौ र यस्तो महान् कामले पक्कै पनि देशसँग जोड्ने कार्य एनआरएनले गरेको छ ।’

ग्रीनकार्ड र पिआरको विषयमा नेपाल भित्र चर्को रूपमा विरोध गरेर विवादित बनाउन वेलाबखत उठाईएका कुरालाई ठाडै अस्विकार्दै मन्त्री महतले भने, ‘यो एउटा त सहज रूपमा आवत जावत र बस्ने सुविधा मात्र दिएको हो । अझ सजिलो अर्थमा भन्ने हो भने यो त एउटा ओर्कप्रमिट मात्र हो ।’

त्यसरीनै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले अहिलेको एनआरएनए अमेरिकाको टिमले देशमा गएको महाभुकम्पमा डा. केशव पौडेलको नेतृत्वमा ठुलो उद्धार तथा सहयोग गरेको बताउँदै अध्यक्ष डा. पौडेल आफ्नो विद्यार्थी जीवन देखि नै प्रजातांत्रिक आन्दोलनमा लागेको र अमेरिकामा आएपछि पनि आफ्नो मानवीय हितको पेसालाई सँग सँगै लगेर एनआरएनएको अध्यक्ष भई समग्र नेपाल र नेपालीको लागि राम्रो काम गरेको र डा. पौडेल अत्यन्त सिधा सरल र सहयोगी ब्यक्ती भएको भन्दै पौडेलको काम र ब्यक्तीत्वको प्रशंसा गरे ।

त्यस्तै एनआरएनए अन्तर्राष्ट्रय समन्वय समितिका उपाध्यक्ष कुमार पन्तले सारा देश देशान्तरमा छरिएर रहेका विभिन्न तह र तप्काका साथै विभिन्न भाषा बोल्ने नेपालीहरूलाई एउटै मूलधारमा समेटेर जानुपर्ने अवस्था टडकारो रहेको बताउँदै एनआरएनएले यी र यस्ता तमाम काम मा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको प्रस्ट्याए ।

कार्यक्रममा न्यूयोर्कस्थित नेपाली बाणिज्यदूत कृशु क्षेत्रीले हरेक दिन हजारौको सङ्ख्यामा विदेश छिरेर दुख पाएका नेपालीलाई मात्रै नभई युरोप देखि अमेरिका सम्म र अस्ट्रेलियामा देखि खाडी, तथा दुबई ,मलेसिया सम्म रहेका र दु:ख पाएका नेपाली दाजुभाइ र दिदी बहिनी बिच समान भावनाले रहेर एनआरएनएले खाका कोर्नु पर्ने धारणा राखेको थिए ।

कार्यक्रममा इनिस सहरकी मेयर एन्जिलिन जुनिमेनले नेपालीहरूको ईमन्दारीता र लगनशीलताको वर्णन गर्दै संसारकै सुन्दर देश नेपालमा आफु चाडो भन्दा चाडो जानेछु बताईन् ।

त्यस्तै राजदूत अर्जुनकुमार कार्कीले बाहिरका समुदायसँग मिलेर बस्ने इमान्दार नेपाली आआफू भेला हुँदा र आफ्नो सङ्गठन भित्र आपसी समझदारीमा काम गर्दा राम्रो सन्देश जाने बताउँदै एक अर्काले गरेको कामको बिरोध होईन सम्मान गर्नु पर्ने बताए ।

एनआरएन आइसीसी अमेरिकाका सोनामा लामा, एनआरएन अमेरिका का सल्लाहकार तथा अवैतनिक वाणिज्य दुत द्वय प्रेम राजा महत,र ऋषि ढकाल, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष भोला आचार्य, एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्री नेपाली जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, डा। यादव पण्डित लगायतले समेत आफ्नो धारणा राखेको कार्यक्रममा आयोजकका तर्फबाट एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले स्वागत मन्तव्य साथै उद्घाटनका अवसरमा एनआरएन टेक्सस च्याप्टर अध्यक्ष उत्तम लामिछाने तथा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले सम्पूर्ण आगन्तुक पाहुनाहरूलाई स्वाग गर्दै एनआरएनएले छोटो समयमा पनि राम्रो काम गरेको जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा एनआरएनए मिचिगन च्याप्टरको तर्फबाट गोरखामा निर्माणाधिन हुन लागेको घरहरूको निर्माणका लागि चार हजार तीन सय डलर एनआरएनए आईसीसीका उपाध्यक्ष कुमार पन्तलाई हस्तान्तरण पनि गरिएको थियो ।

समग्रमा ड्यालस नेपालीहरूका लागि आकर्षक गन्तव्य हुँदै गएको र लगानीका लागि पनि सबैभन्दा सुरक्षित अनि सहज क्षेत्र भएकोले पनि होला त्यहाँ आउने अधिकांश आगन्तुकहरू कोही दुई चार दिन अगावै आएर विजनेश हेरेको पाइयो भने कुनै अल्लि दिन बसेर सम्भावनाहरू हेर्ने अभिलाषाले आएको पनि पाइयो । जे होस् यस पटकको एनआरएनएको साधारण सभा अत्यन्त उत्साहका साथ नेपाली जन समुदायले ठुलो सहभागिता जनाएको पाईयो ।

MORE PICTURES CLICK HERE

Sweta Khadka

प्रतिक्रिया