अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

बलिउड अभिनेता स्व. राज कपुरको ६९ बर्ष पुरानो आर. के. फिल्म स्टुडियोमा भिषण आगलागी

बिआरटीनेपाल २०७४ असोज १ गते ११:५९ मा प्रकाशित

मुम्बइको चर्चित आरके स्टूडियोमा शनिबार आगलागी हुँदा स्टुडियो पुर्ण रुममा नष्ट भएको छ । ६९ बर्षको ईतिहास बोकेको आरके फिल्म स्टुडियो बलिउडका चर्चित नायक स्व राज कपुरले स्थापना गरेका हुन हाल यो स्टुडियोको काम नायक रणबिर कपुरले हेर्दै आएका थिए भने भने ऋषि कपुरले पनि आफ्नो यो स्टुडियोलाई समाल्दै आएका थिए ।

। आगोका कारण टीभी रियालिटी शो ‘सुपर डान्स सिजन २’को सेट जलेर ध्वस्त भएको छ । यो स्टूडियोलाइ बलिउड नायक राज कपुरले सन् १९४८ मा मुम्बइको चेम्बुरमा स्थापना गरेका थिए ।

यो घटनामा कोही पनि व्यक्ति घाइते भएको खबर छैन । आगो निभाउनका लागि ६ वटा दमकल आरे के स्टूडियोमा पुगेका थिए । यो स्टूडियोमा ‘सुपर डान्स सिजन २’को केही भाग छायांकन गरिएको थियो । शनिबार भने कुनै पनि सुटिङ थिएन ।

सोनी टेलिभिजनमा सेप्टेम्बर ३० तारिखबाट यो शो प्रशारण हुँदैछ । घटनापछि ऋषि कपुरले ट्विट गर्दै दुःख व्यक्त गरेका थिए । उनले लेखेका छन्-‘एउटा स्टूडियो त फेरि बनाउन सकिएला । तर, योसँग जोडिएका अमुल्य याद र आर के फिल्मका कपडा जलेर नष्ट भएको छ । आगोले सबै कुरा जलाएर बर्बाद गरेको छ ।’ यो स्टूडियोमा थुप्रै बलिउड चलचित्रको छायांकन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू