अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

“त्रिलोक” यम कुमार गुरुङ द्वारा एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७४ भदौ २९ गते १२:४८ मा प्रकाशित

नेपालको लागि नेपाली भन्ने मूल मान्यता सहित अगाडी बढेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को विश्व सम्मेलन नजिकिदै गरेको परिस्थितिमा हङकङ निवासी बरिष्ट समाजसेवी यम कुमार गुरुङ “त्रिलोक” ले गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् l गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् बिशुद्द नेपाल र नेपालीको लागि हुनु पर्छ र यस सस्थालाई राजनीति हस्तक्षेप बाट टाढा राखेर सामाजिक दायित्वमा लगाउनु पर्छ भनेर लागि परेका गुरुङ अहिले एनआरएनए आइसीसीमा महासचिवको बलियो उम्मेदवारको रूपमा प्रस्तुत भएका छन् l उनी भन्छन्– ‘संस्थागत रूपमा एनआरएनए अभियान अघि बढाउन हामीले निकै ठुलो प्रत्यन पनि गरेका छौँ तर हामीले अझ निकै गर्न बाँकी छ यसैका लागि अझ सक्रिय भएर लाग्ननै मैले महासचिवमा उम्मेदवारी घोषणा गरेको हुँ ।’

प्रवासी नेपालीहरूको समस्या र समाधानमा सदैव अबिभाबकको भूमिका निर्वाह गर्दै एनआरएनएहरुको समस्याहरुमा लड्दै उनीहरूलाई उचित न्याय दिन तत्पर रही एनआरएनएको सस्थागत विकास लागि आफूलाई एक सक्षम र योग्य उमेद्वारीको रुमा प्रस्तुत गर्दै र विशेषत वैदेशिक रोजगारमा रहेका नेपालीका विकराल समस्याहरूको समाधानमा आफ्नो विशेष पहल हुने र नेपालमा वैदेशिक लगानी भित्राउन तथा एनआरएनएलाई संस्थागत गर्न लागि पर्ने लगायतका प्रतिबद्धहरु सहित उनले महासचिव पदमा उम्मेदवारी दिएका हुन । मुलुक विषम परिस्थितिमा गुज्रीरहेको अवस्थामा, मुलुक पिडाले रुएको बेला, छटपटाको बेला, नेपाली जनताहरू सहयोग खोजी रहेको बेला हर समय सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका महासचिव पदका प्रत्यासी यम कुमार गुरुङ “त्रिलोक” अहिले सबै गैर आवासीय नेपालीहरूको रोजाइमा परेका चर्चित व्यक्तित्वको रूपमा परिचित छन् l मिलनसार, इमान्दार तथा सधैँ आफ्नो काम प्रति निष्ठाबान रहेर सबैको गैर आवासीय नेपाली र जन्मभूमि नेपालको हकहितमा लडिरहने एनआरएनएका सक्रिय बरिष्ट समाजसेवी त्रिलोक गुरुङ गैर आवासीय नेपालीहरू बिच चर्चामा रहेका पात्र हुन l जब जब मुलुकलाई सङ्कट पिडा पर्छ त्यस समय सदैव पीडित समक्ष पुगेर उनीहरूको पीडालाई राहत प्रदान गरी उनीहरूको घाउमा मलम लगाउन सक्षम गुरुङ नेपालमा वैदेशिक लगानी भित्राएर नेपालको आर्थिक बृदिदर बढाउन र नेपाललाई विश्व सामु अझ थप चिनाउन प्रयत्नरत व्यक्तिको रूपमा परिचित छन् l
गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण सहयोग देखि एन आर एन ए भवन निर्माणमा सक्रिय रहेका गुरुङ हालै तराईमा बाढी प्रभावितलाई राहत वितरणमा पनि एनआरएनए टोलीमा संलग्न रहेका थिए। त्यसका अलावा उनले नेपाल नेपालीको सयोगार्थ धेरै उदारणीय कार्य गरेर सबैको मनमा बस्न सफल भएका छन् l

एनआरएनए हङकङले बुधवार हङकङको जोर्डनस्थित साङ्ग्रिला रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा गुरुङको उम्मेदवारी घोषणा गरेको हो। दसैँपछि असोज २८–३१ (अक्टोबर १४–१७) मा काठमाडौँमा एनआरएनएको विश्व सम्मेलन आयोजना हुने भएको छ भने जसले अर्को दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

गोर्खा एकता इन्टरनेशनल ग्रुप मार्फत् हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका यम कुमार (त्रिलोक) गुरुङ गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार हुन् । एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष भए पछि उनी एक कार्यकाल एसिया प्यासिफिकको संयोजक समेत रहीसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू