अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

जापानमा शक्तिशाली तुफान आउने सक्ने अमेरिकी सेनाको तुफान चेतावनी केन्द्रद्वारा जानकारी

बिआरटीनेपाल २०७४ साउन २० गते ३:२२ मा प्रकाशित

प्रशान्त महासागरमा आएको एक शक्तिशाली तुफान अझ तीब्र हुँदै यस वर्ष उत्तरी गोलार्धकै ठुलो तुफानमा परिणत भएको छ तर यसको तीब्रता भने केही कम भएपनि यसै हप्ता जापानमा विपत ल्याउन सक्ने संकेत देखिन्छ ।

नोरु नामको उक्त तुफानको वेग मंगलबार २०४ किमि प्रति घण्टा बाट २५० किमि प्रति घण्टा सम्म पुग्न सक्ने अमेरिकी सेनाको तुफान चेतावनी केन्द्रले जानकारी दिएको छ ।

यसले उक्त तुफाने श्रेणी ३ वा ४ को चक्रवात बराबरी गर्नेछ । मौसम विभागका अनुसार सोमबार नोरु श्रेणी ५ र २०१७ मा उत्तरी गोलार्धकै ठूलो तुफान बनेको थियो ।

मौसम विभागका अनुसार नोरु विस्तारै उत्तरपश्चिम तर्फ बढ्ने र यसै हप्ता जापानसम्म पुग्न सक्ने सम्भावना छ ।मौसम विभागले दिएको जानकारी अनुसार ११३ कि.मि प्रति घण्टाको उष्णदेशीय आँधी मात्र १८ घण्टामा २५७ कि.मि प्रति घण्टाको उच्च तुफानमा परिणत भएको थियो ।

चेतावनी केन्द्रले गरेको भविष्यवाणी अनुसार अबको केही दिनमा हावाको वहाव १८५ कि.मि प्रति घण्टा सम्म झर्न सक्ने छ जसले गर्दा स्थिति केही हदसम्म सहज हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू