अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

बेल्जियमको पर्यटकिय सहर ओस्तन्देमा ‘किराँत चाड उधौली-२०१७’ को रौनक

बिआरटीनेपाल २०७४ असार २९ गते ३:४२ मा प्रकाशित

परदेशमा रहेर पनि आआफ्नो धर्मसंस्कृतिको संरक्षण , सम्बर्दन गर्नु पर्छ भन्ने भावना बोकेर संयुक्त किराँत समाज बेल्जियमले ‘किराँत चाड उधौली-२०१७’ मनाएको छ । गत जुलाई ८ का दिन युरोपको राजधानी बेल्जियमको सामुन्द्रिक किनारमा अवस्थित सुन्दर पर्यटकिय सहर ओस्तन्देमा बिबिध कार्यक्रमका साथ ‘किराँत चाड उधौली २०१७’ भव्य रुपमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष बिमल सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपालबाट युरोप भ्रमणका लागि आउनु भएकी जेष्ठ आमा कबित माया लिम्बुद्वारा नेपाली किराँत सांस्कृतिक उभौली पुजाको द्विप प्रजलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

किराँत सांस्कृतिक नृत्यहरु साकेला , च्याब्रुङ्ग , धाननाच र अन्य थुप्रै नृत्यहरु प्रस्तुत गरिएको कार्यक्रममा उपस्थित करिब ३०० जना पाहुनाहरुलाई निशुल्क खाजा र रात्रिभोजको ब्यबस्था समेत गरेको थियो ।

संयुक्त किराँत समाज बेल्जियमका महासचिव माकुना राई किराँतका अनुसार हरेक बर्ष बेल्जियममा किराँत चाड उधौली मनाईदै आएको छ । प्रवाशमा रहेर पनि किराँत समुदायले आफ्नो कला संस्कृतिलाई माया गर्ने र एक अर्का संगको भेटघाट र आत्मियताको वातावरण पनि सृजना हुने भएकाले यस किशिमका कार्यक्रमहरुलाई वेल्जियममा रहेका किराँत समुदायले महत्वका साथ लिएका छन् ।

कार्यक्र्रममा उपस्थित किराँत समुदाय र गैर किराँतहरुले पनि नाचगान र रात्रिभोजमा सामेल भएर मनोरञ्जन लिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू