अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

तमु समाज बेल्जियमको १७औँ वार्षिक उत्सव भब्यरुपमा सम्पन्न

बिआरटीनेपाल २०७४ असार १३ गते २३:२९ मा प्रकाशित

बाइ वि तमु, २७ जून २०१७ – तमु समाज बेल्जियमले आफ्नो स्थापना दिवसको दिन पारेर १७औँ वार्षिक उत्सव एक भव्य समारोह बिच सम्पन्न गरेको छ । आफू जहाँ रहेबसे पनि आफ्नो धर्म,संस्कार,संस्कृति र रितिरिवाज र पहिचान कायम राख्नु पर्छ भन्ने मूल उद्देश्य राखेर सन २००० को जून २५ तारिक तमु समाज,बेल्जियमको स्थापना भएको थियो । सस्थाले आफ्नो १७ वर्ष पार गरी १८ औ वर्षमा प्रवेश गरेको खुसीयालीमा बेल्जियमको सामुद्रिक तटिय क्षेत्र ओस्टण्डेमा विशेष कार्यक्रम गरी सस्थाको वार्षिक उत्सव मनाइएको थियो ।

तमु समाजका वर्तमान अध्यक्ष श्री जीवन तमुको अध्यक्षतामा संस्थाका पूर्व अध्यक्षहरु क्रमशः: श्री मीन तमु,श्री टंक प्रसाद तमु,श्री कुमार तमु र श्री बालेद्र तमुद्वारा सँयुक्तरुपमा दीप प्रज्वल्लन गरी कार्यक्रमको विधिवत उदघाटन गरिएको थियो ।  कार्यक्रममा उपस्थित सस्थाका सदस्यहरू तथा अन्य पदाधिकारीहरुलाई स्वागत गर्दै संस्थाको तर्फबाट संस्थाकी वरिष्ठ उपाध्यक्ष श्रीमती नन्द कुमारी(दुर्गा दिदी) तमूस्यो द्वरा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तमु समाज बेल्जियमका संस्थापक अध्यक्ष श्री मीन तमु,भूतपूर्व अध्यक्ष त्रय श्री टंक प्रसाद तमु, श्री कुमार तमु, श्री बालेन्द्र तमु,कास्की समाज बेल्जियमका अध्यक्ष तथा तमुसमाज बेल्जियमका सल्लाहकार श्री गम बहादुर तमु, एन एफ ओ महिला फोरम बेल्जियमकी अध्यक्ष श्रीमती इसा तमूस्यो र कार्यक्रम संयोजक एवम् सल्लाहकार श्री चन्द्र तमु द्वारा कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने सबै पदाधिकारीहरुले” बेल्जियममा बसोबास गर्ने सम्पूर्ण तमुहरू बिचको एकतामा जोड दिँदै तमु समाज बेल्जियमलाई फुटबाट हैन जुटबाट मात्र मजबुत रहन्छ,यो संस्था बेल्जियममा नेपाली समुदायहरू बिच सबैभन्दा पुरानो र मजबुत सस्थाको रूपमा स्थापित भैसकेको छ त्यसैले यो हामी सबैको साझा घर भएकोले हामी सबैका लागि उत्तिकै महत्त्व राख्ने भएकोले सबैले जिम्मेवारी पूर्वक,संयमित भई सस्थालाई मजबुत बनाउने तर्फ सबैको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमको अन्तमा सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति जीवन तमुद्वारा कार्यक्रममा उपस्थित सम्पूर्ण दाजु भाइ तथा दिदी बहिनीहरूलाई धन्यवाद दिँदै तमु समाज बेल्जियमको यो एतिहासिक १७औँ वार्षिक उत्सव कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण अग्रज देखि वर्तमान कार्यसमितिका सम्पूर्ण सदस्यहरूलाई विशेष धन्यवाद दिएका थिए । सो वार्षिक उत्सव कार्यक्रममा ल्यूभेन, एण्टर्पेन,ब्रुज र ओस्टण्डेबाट धेरैको सङ्ख्यामा तमु तमूस्योहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम सस्थाका महासचिव सूर्य बहादुर तमुले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू