अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

अमेरिकी विश्व विद्यालयमा पहिलो नेपाली महिला शबनम कोईराला-आजाद ‘डीन’ नियुक्त

बिआरटीनेपाल २०७४ असार १२ गते ७:४९ मा प्रकाशित

अमेरिकाको विश्व बिद्यालयमा पहिलो पटक नेपाली चेली डिन नियुक्त भएकी छन् । अमेरिकामा रहँदै आएकी काठमाडौं निवासी शबनम कोइराला–आजाद अमेरिकाको सन फ्रान्सिस्को विश्वविद्यालयको स्कुल अफ एजुकेशनमा भर्खरै डिन नियुक्त भएकी हुन ।

सानो छदाँ शबनमलाई कहिल्यै लागेको थिएन म शिक्षण पेसामा आवद्ध भएर काम गर्नेछु भन्ने । पारिवारिक पृष्टभुमि र समाजमा शिक्षाले पार्ने प्रभावलाई नजिकबाट देखेकी उनलाई अन्तत यहि पेसाले अमेरिकामा पहिलो नेपाली डिन बनायो । ईरानी मुलकी आमा र नेपाली बाबुकी सन्तान शबनम सानैबाट साथीहरुभन्दा फरक सोचकी थिईन् । उनि केहि राम्रो काम गर्नुपर्छ भन्ने सोच बोकेरै हुकिईन् । २०४६ सालको प्रजातान्त्रीक आन्दोलनका बेला उनि ललितपुरकै बिद्यालयमा स्कुले छात्रा थिईन् । उनलाई त्यो समय उति ज्ञान नभएपनि आज आएर सोच्दा शबनमलाई लाग्छ उनले जुन शिक्षा लिईन् त्यो रचनात्मक शिक्षा थिएन ।

स्कुले जीवन नेपालमै पुरा गरेकि शबनमले म्यासाचुसेट्सको माउन्ट होलियोक कलेजमा छात्रवृत्ति पाएपछि उच्च शिक्षा अमेरिकामै रहेर ‘लिवरल आर्ट्स’ बिषयबाट शुरु गरिन् । उनको अनुभवमा नेपालमा भएको त्यो समयको प्रजातान्त्रिीक आन्दोलनाट नेपालीहरुले शिक्षाका हकमा राम्रो भविश्य र रचनात्मक परिवर्तनको आस गरेको भएपनि त्यो हुन सकेन ।

श्बनममा आफ्नी आमाको प्रभाव पनि गहिरो रर्यो शिक्षण पेशाका लागि । उनकी हजुरआमा ईरानकै एक बिद्यालयकी शिक्षिका हुन् जसले धार्मिक आस्थाकै कारण धेरै यातना झेल्नु भएको थियो । उसोत शबनकका पिता पनि मिडिया शिक्षक हुन् । उनका पिता भारतदत्त कोइराला म्यागसेसे पुरस्कार प्राप्त पत्रकार पनि भएकाले शबनममा शिक्षा प्रतिको चेतना र चाह बिषेश प्रकारले बिकाश भएको थियो ।

शिक्षीत आमा बुबाकी सन्तान शबनमले नेपालमा छँदानै अन्य मुलुकमा शिक्षाको स्तर र नेपालले राम्रो शिक्षाका लागि किन र कसरि चुक्नु परेको बुझ्ने मौका समेत पाईन् । नेपालीहरुले सामाजिक र शैक्षिक क्षेत्रमा भोग्नु परेका समस्यालाई उनि सानै बाट चासोको रुपमा लिने गर्दथिन् । यहि स्वभावले आज उनलाई अमेरिकाको बिश्वबिद्यायलमा डिनका लागि ढोका खुल्यो । उनको कदर योग्य मेहनतले पाएको सफलतामा उनि र उनको परिवारले मात्र होईन आज सारा नेपालीले गर्व गरिरहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू