अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०३ | Colorodo: 22:18

काँग्रेसका नेता रामचन्द्र पौडेल आमस्ट्राडम जाने

बिआरटीनेपाल २०७३ माघ २६ गते १०:४२ मा प्रकाशित

नेपाली काँग्रेका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल नेपाली जन सम्पर्क समिति नेदरल्याण्ड्सले आयोजनामा गरेको नेपालको संविधान कार्यन्वयन र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न आमस्ट्राडाम जाने भएको नेपाली जन सम्पर्क समिति नेदरल्याण्ड्सका अध्यक्ष उत्तम कंडेलले जानकारी दिएका छन ।

आगामी १३ फेब्रुअरीमा आमस्ट्राडाममा हुने कार्यक्रममा अघिल्लो दिन आइतबारनै पौडेल आमस्ट्रडाममा आउने कार्यक्रम रहेको छ । खुल्ला अन्तरक्रिया कार्यक्रमका लागि नेपाली दूतावास, युरोपमा रहेका नेपाली जन सम्पर्क समितिहरू, पत्रकार, पर्यटन दुतहरु, नेपाली काँग्रेसका महासमिति सदस्यहरू र महाधिवेशन प्रतिनिधि, गैर आवासीय नेपाली संघ संस्था तथा नेदरल्याण्ड्सका स्थानीय नेपाली संघ संस्था तथा समुदायलाई उपस्थितिको लागि पत्रचार गरिएको छ ।

आमस्ट्रडाममा एघार बजेबाट कार्यक्रम सुरु हुने कार्यक्रमको सबै व्यवस्थापकिय पक्षहरू पुरा भई सकेको जन सम्पर्क समिति श्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू