१९७४ एडीको साङेतिक कार्यक्रम डिसीमा सम्पन्न

विजय थापा ,वासिङ्टन डिसी

Published on September 11, 2016 at 1:49 pm

1974-ad

गत सेप्टेम्बर १० तारिखमा भर्जिनियाको एनाडोलमा आयोजना भएको १९७४ एडीको प्रस्तुतिले दर्शक तातेका र नाचेका थिए l लामो समयको पर्खाई पछि आफ्ना प्रिय कलाकारहरूको प्रतक्ष्य बेजोडको प्रस्तुतिले मन थाम्न नसकी मञ्च अगाडी, सभा कक्ष बिच ,कुना काप्चा तथा बार्दलीमा समेत दर्शक खुसी र हर्षले झुम्दै गीतमा साथ दिएका थिए l

प्रारम्भिक चरणमा सभा कक्ष खाली रहेता पनि कार्यक्रम सुरु भए पछि खचाखच भरिएको थियो l नेपाली गीत र सङ्गीतको आकाशमा पृथक् पहिचान बनाउन सफल भएको १९७४ एडि नेपाली परम्परागत बाद्यबादनहरु बाँसुरी, मादल देखि आधुनिक बाद्यबादन समेत प्रयोग गरेका थिए l

यो मन त मेरो नेपाली हो ,पुराना लोकप्रिय तथा नयाँ गितियात्राका गीतहरू प्रस्तुत गरेका थिए l अमेरिकाको यात्रालाई हजार सपना यात्रा नाम राखिएको कार्यक्रममा नेपाली समुदायले भरपुर मनोरंजन लिएका थिए l झन्डै एक दशक पछाडि डिसीमा आफ्नो कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुसी लागेको १९७४ एडि का कलाकारले बताएका थिए l 1974ad3

हामी नेपालबाट आएकोमा हामीलाई हौसला दिन पाल्नु हुने सबै प्रसंशक ,दर्शक आफ्ना साथीभाईलाई १९७४ एडि विशेष धन्यवाद दिएका थिए l यसै गरी हजार सपना यात्राका नयाँ गीतका गीतकार लामो समय देखि भर्जिनियामा बसोबास गर्दै आएका अनुप पहाडी(बिध्या वारिधि )ले आफूले रचेको गीतलाई चर्चित स्थापित कलाकारले गीत स्वीकार गरी गाई दिएकोमा विशेष धन्यवाद दिएका थिए l

यसै गरी यस कार्यक्रमको लागि विशेष विज्ञापन प्रायोजित गर्ने पिपुल एन टेक नामक संस्थाले कार्यक्रम हेर्न आएका दर्शकले भरेको चिट्ठा बाट भाग्शाली एक जना विजेतालाई करिब ४ हजार डलर रकम बराबरको सूचना प्रविधि सम्बन्धी छात्रवृद्धि यसका संस्थापकले कार्यक्रम बिच प्रदान गरेका थिए l

कार्यक्रममा डिसी महानगर क्षेत्रमा रहेका स्थानीय कलाकारको सङ्गीत मण्डलीको साथै भर्जिनियाकि विद्यार्थी प्रकृति देउजाले साङ्गीतिक साँझ शुभारम्भ हुनु आ-आफ्ना गीतहरू प्रस्तुत गरेका थिए l कार्यक्रममा आयोजक संस्था भिन्तुना अन्तर्राष्ट्रियका सदस्यहरू कालो वस्त्रमा उपस्थिति भएका थिए भने कार्यक्रम सञ्चालन अन्जना बुढाथोकी सापकोटाले गरेकी थिइन् l 1974ad-2

Loading...

यसमा तपाइको मत