निमोठिएको खुसी (कथा)

राखी सम्झौता

बार्दली भरिनै साडिका टालाहरु फिजीएर सुकिरहेको देखिन्छ | सूर्यको प्रकाश पनि बिस्तारै बादललाई छिचोलेर आगनीमा छरप्रश्ट हुँदै गइरहेको छ | जति पनि साडीका टालाहरु थपिदै गैरहैको छ उस्मा उतैजना र चन्चलता पनि बढ्दै गैरहेको म देख्छु |बसन्त ऋतु पनि लजाएर लुकामारी खेले जस्तो | कहिले उ कुहिरो भित्र हराएर आफ्नो भाकाका गीत गुनगुनाउन खोजे जस्तो |तर करीनामा आएको प्रकृतिक परिवर्तन एउटा आमाले झेल्नु परेको भोगाई भन्दा पर थियो |

आफ्नो छोरीमा जति-जति चन्चलता सँगै भाबुकता बढ्दै गैरहेको देखिन्छ उतिनै सुमिरालाई वर्तमानको लडाइँ सँगै आफूले भोग्न्नु परिरहेका जीवनका आरोह र अबरोहहरुमा पापी दुनियाका पाखन्डीहरु सँग लड्ने सामर्थ जुटाउनु परेको छ । हत्केलामा लेखिएका कति कुरा ढुक्क सँग स्वीकार्य थिएन |आफ्नो कर्ममा विश्वास गर्न बाध्य छिन । दुवै हातका रेखा हेर्न नपाउंने नेत्रहिनहरुको पनि त भाग्य हुन्छ भनी चित्त बुझाउंछिन |

पिँजडा भित्र रहेको जीवनको अनुभूति धेरै पहिला नगरेकी पनि होईनन |स्वतन्त्रतामा पनि स्वयम उडदा उड्दै एउटा आफ्नै छुटै सीमा रेखा कोरेकी थिइन उनले । आफ्नो धरातल भन्दा माथि कल्पनाको बिरानो सहरमा हराउन चाहे पनि फेरी सीमित परीधी भित्र मात्रै हराउछिन । यो भुगोलका दायरा भित्रनै वास्तविकता भेट्छीन उनी ।

उन्लाई सरलता मन नपर्ने पक्कै होइन । यही सरलतामा होमिएर अरूले जस्तै उनी पनि त्यो बैसमा चुराहरुसँग सजिएर, त्यो लामो कपाल बिचमा सजिएको रातो सिउदो, नाकमा चम्किएको फुली र रङ्गी-चङ्गी कपडामा सजिएकी थिइन । तर सपनाको महल धेरै दिन रहेनं | जुन काखको अबोध बालकको रुवाई र हसाईसँग साटीन पुगे । आफ्नो चाहना आफ्नो लागि केवल पुरा हुन नसकेका इतिहास भएको भए पनि आज आफ्नो पन, आफ्नो इच्छा र सबै खुसी छोरी करीना सँग पुरा भएको हेर्न चाहन्थीन |

कपडा मिलाउदै जादा धेरै पुरानो अल्मारीमा राखिएको तमाम गर-गहना र सिन्दूरको बट्टाले पुरानो यादहरू दिलाईदिन्छन । हुंनत, उन्को सिउंदो पुछेर चुरा फुटाएको पनि एक दशक भई सकेको छ । मन्मा अतीतका सम्झनाले ढली-मली गरिरहेको थियो । अचानक राकेशको आगमनले उनलाई बिउझाईदिन्छ |

सधैँ झैँ उनी राकेशलाई खान पकाउन भान्छा तिर जान्छिन |राकेशमा के थियो, थिएन बुझ्न सक्दिनन आज पनि । धेरै समयको एक्लो सङ्घर्ष पछि मान्छे एउटा यस्तो बिन्दुमा आईपुग्दो रहेछ । जहाँ कसैको सहानुभूतिमा आफ्नो पनको महसुस हुन थाल्दो रहेछ । शायद सुमिराले पनि राकेशको त्यही मायाको झिनो आसलाई सर्वस्व ठानिन ।

हुनत, अनेकौँ बहानामा हजारौँ सपनाहरू उनीसँग काहानी लेख्न्न नआएका पनि होईनन | समयको रफ्तार पनि कति छिटो हिड्दो रहेछ । उनी एेना हेर्छिन निधारमा बिस्तारै रेखाहरु देखा पर्न थालेछन । कपालहरु नि सेता हुन थालेछन । एेना सँग सोध्छिन उनी “के म त्यही सुमिरा हुँ त ?” जुन हाँस्दा सारा प्रक्रीती प्रफुल्ल हुन्थ्यो, जो रुंदा सारा जगतनै स्तम्भ भए जस्तो लाग्थ्यो ।

राकेशबाट आधा बाटो बाटै भए पनि धेरै दरिलो साथ नभएतापनी एउटा आधार पाएकी थिइन | उनी जीवनसँग केही कुरा सापटी नमागी बाचेकी छु भनी गौरव गर्थिन । तर जब आफ्नो स्वतन्त्रता यौटा मान्छेलाई सुम्पिनु पर्दा आफूलाई धिकार्थीन । फेरी जिउनुको सार सम्झ्यौता हो भनी स्विकार्छिन । पाइलाका डोबहरु थपिदै गइरहेका भए पनि हिडाइको बोध पटक्कै थिएन उनीमा ।

एउटा स्वास्नि मान्छेको अपेक्षा जीवनसँग भन्दा बढ्ता उसले पाएको मायाको यथार्थतामा हुने गर्दछ । त्यसैले होला आफ्नो छरपष्ट अतीतलाई थांती राख्दै गुनांसो रहित वर्तमानको काहानीको पात्रको भूमिका राम्ररी निभाउदै थिइन । फरक यती मात्र थियो हिजोको दिनमा कुनै कुरामा सम्झ्यौता थिएन । तर वर्तमानको बिबशताले फेरेको कोल्टोलाई स्विकार्नु परेको छ । धेरै कुरा बुझेर र भोगेर आईपुग्दा एउटा परकास्टमा आईपुग्दो रहेछ जहाँ न कुनै कुराले खुसी पार्छ या न कुनै कुराले दु:ख । थियो त केवल करीनाको उज्जल भविष्यको आशा ।

हिजो देखेको बाटो र आजको यात्रामा धेरैनै फरक आईसकेछ |आज थाकेर घर छिरेकी मात्र के थिइन , कोठा भित्र छोरीको चिचाहट र राकेशको धम्की पूर्ण आवाज सुन्छिन | उनी हतार-हतार गरी ढोका ढ्कढ्काउछिन तर भित्रबाट लक थियो । सुमिराको आवाज सुने पछि खुलेको ढोकाले राकेशको नरपिचासी पनलाई पनि छताछुल्ल पारीदियो ।

फक्रिदै गरेको कोपिलालाई बिटुलो पारेछ नर पिचासले । त्यो पनि लामो समय देखी आफ्नै अँगालोमा समाहित हुँदै आउनेले । आमा र छोरीमा फरक नदेख्ने पशु । १५ वर्षको नाबालिका प्रति पनि गिद्धे नजर लगाउने पापी । झड्केलै भए पनि छोरी त छोरी नै हो नि । क्युं कर्तब्यबिमुढ हुन्छीन उनी । छोरीलाई अँगालो हालैर धेरै रुन्छिन । तर के गर्नु तलाउको पानीले पनि त्रीष्णा नमेट्ने नर पिचासले एउटा भर्खर फूलेको फुल जुन जिन्दगीको मौसमसंग फुल्न नपाउदै धुजा धुजा बनाईदियो । उनका भावनाहरू भविष्यमा हाँस्दा पनि शायद अब उनी खुलेर हास्न सक्दिनन ।

खटकिएको आशाको गुन्जन्ले उनको मनमा यती ठुलो कम्पन गरायो । जुन उन्को कल्पना भन्दा धेरै पर थियो । झ्यालबाट मुन्टो निकाली बाहिर नियालेर कसैलाई सुनाउंने प्रयत्न गर्छिन । तर प्रकृति पनि सुन्न तयार थिएन । उन्को अनुहार आतङ्कीत बनेको म देख्छु । म अनुभव गरिरहेको छु उन्का ग्रस्त आँखा भित्र क्रुरताको भाव छल्किएको छ । फेरी सम्हालिन्छीन उनी धेरै बेर पछि । आज आफूलाई धेरै प्रश्न गर्छिन उनी जुन प्रश्नहरूको आँफैमा उत्तर छैन । युद्ध भूमिको जस्तो त्यत्रो लडाइँ उनी भित्र गएर टुङ्गिएको छ ।

केही बेर उनी सोच्छिन अब आयन्दा त्यस्तो घटना नदोहोर्याउने बाचा गराउदै यो परिवर्तन स्विकार्नु उचित ठान्छिन । तर फेरी त्यो आमा र छोरीमा भिन्नता नदेख्ने नरपिचासको विश्वास गर्ने आधार पनि केही भेट्दिनन । यो अवस्थाले श्रिजित तनावले निरन्तरता नपाओस भन्नका लागि उनी सँग एउटा मात्र विकल्प बाँकी देख्छिन । छोरी करीनाको मात्र कुरा थिएन ,यस घटनाबाट धेरै राकेशहरु प्रेरित हुन सक्छन् भन्ने लाग्छ । कुरो आफ्नो छोरी करीनको मात्र रहेन समाजका अरुपनी कैयु अबोध नाबालिक बैंसहरु निमोठिने सिलसिलाको अन्त गर्ने कोसिस गर्नु थियो उनीलाई । त्यसैले बर्षौं देखी आफ्नो अङ्गालोमा कस्सिएर केही क्षण भए पनि संसार भुलाई दिने प्रेमी राकेशलाई कानुनको हातमा सुम्पी दिन्छिन । आफ्नो आधार र साथ हेर्दा हेर्दै हातमा हत्कडी लगाएर घोप्टे अनुहार पार्दै बिदा हुन्छ ।

Published on August 23, 2016 at 11:20 pm

Loading...

यसमा तपाइको मत