पानीका बुँदहरू

राखी गौचन, क्यालिफोर्निया

तप तप गर्दै पानीका बुँदहरु
सुख्खा मरुभुमिमा तप्किदिंदा
आएका ध्वनीहरु
न सङ्गीत बन्यो नत गीत नै
त्यही बुँदहरु
फुलसँग खेलिदिंदा
खेल्छन् उस्का रङ्हरु …!!

नाङ्गो शरीरसँगको स्पर्शको
अनुभूति मात्र होइन
स्वर्णिम उपहारसँग डुबुल्की मार्दै
भाव हरुमा समाहित हुन्छन्..!!
त् कतै महसुस गर्न नसक्ने मन
निस्पाप बुँदहरुको सामिप्तालाई
कुनै शब्दमा नअताएका
अर्थको अनर्थ भित्र बाधी दिन्छन्..!!

बर्षातमा तप्किएको पानीको बुँदहरु
खोली बनेर बगिदिदा
धर्तीमा आएको खुसीसँग
उर्वर भूमि
प्रकृतिको अनौठो अन्दाजसँग
झुमिदिन्छन्.. !!

दौडी रहेको फराकिलो सपना
दुनियाँलाई जित्छु भन्दा भन्दै
आफ्नै अन्तर्मन भित्रको युध्दसँग
दबाएका आबेग विस्फोट हुन नपाउँदै
त्यही तप तप पानीको बुँदसगै
एकैछिन भए पनि हराउने ललसा पलाई दिन्छ ..!!

अन्दाजमा लेखिएका चिनारीहरु
स्पष्ट मसीहरुले लेखी
फेरी समवेदनाको धरातलमा
उभिने खोज्छ सायद हर मान्छे
कहीँ न कहीँ बुँदहरुसँग खेल्न चाहन्छ..!!

Published on August 23, 2016 at 10:39 pm

Loading...

यसमा तपाइको मत