स्व.गणेश राज शर्मा मेरो स्मृतिमा

- विनोद रोका, एर्टनी एट ल, न्युर्योक

गणेश राज शर्मा नेपालका प्रसिद्ध वकिल हुनुहुन्छ भन्ने कुरा मेरो जानकारीमा सन १९७९ मा राजबिराजबाट काठमाण्डौ आएर ल क्याम्पसमा स्नातक तहको विद्यार्थी हुँदा देखि थियो। ल क्याम्पसमा अध्ययनरत रहदाकै अवस्थामा मैले सन १९८१ सालदेखि नै न्यायप्रतीक नामक त्रैमासिक कानुनी लेख तथा बिचार प्रधान पत्रिकाको सम्पादक एवं प्रकाशनको काम पनि सम्हालेको थिए। यसमा विशेष सल्लाहाकार वरिष्ठ अधिवक्ता हरिहर दाहाल दाइ हुनुहुन्थ्यो। अनि अन्य वरिष्ट वकिलहरुमा मुकुन्द रेग्मी, मधु शर्मा, दमननाथ ढुगांना, शङ्कर घिमिरे, अनुपराज शर्मा, महादेव यादव, बद्रि बाहादुर कार्की, राधेश्याम अधिकारी, प्राध्यापकहरु डा. सूर्य ढुंगेल, खगेन्द्र जी.सी. रजितभक्त लगायतका अन्य प्रजातान्त्रिक खेमा अर्थात् काँग्रेस सर्मथक वकिलहरु सल्लाहकार एवं सहयोगी हुनुहुन्थ्यो। केही अंक पछि डा. नारायण घिमिरेजीले पनि सहायक सम्पादकको रूपमा रहेर काम गर्नु भयो। तर सल्लाहकारमा गणेशराज शर्माको नाम परेजस्तो मलाई लाग्दैन। उहाँको नाम नपर्नुमा काँग्रेसको क्रान्तिकारी धारका व्यक्तिहरुबाट गणेशराज शर्मालाई राजा समर्थक भन्ने आरोप लाग्ने गरेको मैले सुनेको थिए। ऊहा विपिको मेल मिलापको अवधारणा अनुसार राजा र काग्रेशको घाटी राष्ट्र्यिताको सवालमा एउटै अचानोमा छ भन्ने मान्यता राख्नु हुन्थ्यो।

पंचायती व्यवस्था अन्र्तगत राजाको शासनकाल रहेको हुँदा प्रगतिशील अर्थात् कम्युनिस्ट र कांग्रसहरुको राजनीति गर्ने थलो भनेको कलेज र स्कुलहरु नै थिए। यो न्यायप्रतीक पत्रिका पनि प्रगतीशीलहरुले पैरवी नामक कानुन पत्रिका निकाल्न थालेको कारणले निस्कन थालेको जस्तो मैले महसुस गरेको थिए। गोपाल शिवाकोटी सम्पादक रहेको पैरवीको सल्लाहाकारमा सुभाष नेम्वांग, भरतराज उप्रेती, सिन्धुनाथ प्याकुरेल लगायतका कानुन व्यवसायीहरु हुनुहुन्थ्यो। त्यसैले स्वतन्त्र न्यायपालिका, कानुनी राज्य, मानवाधिकारका विषयमा सरकारका तर्फबाट कुनै गलत कार्य भएमा त्यस्को न्यायीक लेख वा सम्पादकीयबाट आलोचना गर्ने माध्यम यी पत्रिकाहरु भएका थिए भन्नु अतिसयोक्ती हुँदैन।

म सम्पादGanesh R Sharmaक भएको नाताले लेख रचना माग्न न्यायाधिश, अदालतमा कार्यरत सहयोगी, वकिल, प्राध्यापक, र अन्य लेखकहरु कहा जाने अनि सम्पादन, विज्ञापन, र प्रेस धाऊने काम भने मेरो जिम्मामा रहन्थ्यो। म कलेजमा पढदा देखी नै हरिहर दाहाल दाइ, शङ्कर घिमिरे, र हरि न्यौपाने समेतको अभिनव ल च्याम्वरमा काम गर्ने हुँदा सर्वोच्च अदालतमा तारिख लिन जाने गर्दथे। यसरी सर्वोच्च अदालत जादा म गणेशराज दाइलाई बारमा भेटेर लेख माग्ने गर्दथे। सन १९८३ सालमा मैले अधिवक्तको लाईसेन्स लिएपछि सर्वोच्च अदालत बारमा सदस्यता लिएपछि बारमा जाने क्रम अमm बढ्यो। दिऊसो १२ देखि १ बजेको चियाको समयमा प्राय वकिलहरु बारको कार्यकक्षमा उपस्थित हुन्थे। गणेशराज दाइ बारमा उपस्थित हुदाको अवस्था ज्यालै गहकीलो रहन्थयो। किनकि उहाँको पहिरनमा सेतो सर्ट, कालो कोट अनि पैण्ट हुन्थ्यो। एउटा वकिलको जस्तो औपचारिक पोशाकमा। गणेशराज दाइको नजिक वा वरिपरि बस्ने चाहाना रहन्थ्यो धेरैको। किनकि उहाँले बोल्ने विषयवस्तु देशको राजनीति, न्यायीक, वा अन्य गम्भीर विषयमा केन्द्रीन्त रहन्थे। उहाँले बोल्न थालेको विषयवस्तुमा अरूले तर्कद्धारा त्यसो होइन भन्ने ठाउँ पाउदैनथे। किनकि गणेशराज दाइसँग आफ्नो तर्कलाई पुष्टि गर्ने आधार र प्रमाण हुन्थे। मेरो अनुभवमा गणेशराज दाइ, वासुदेव ढुगांना, शम्भु प्र. ज्ञवाली, मोतीकाजी स्थापित लगायतका वकिलहरुका बिचारले युवा वकिलहरु रमाऊदथे।

मैले सर्वोच्च अदालत बारको सदस्यता लिएको केही समयपछि स.अ. बार कार्य समितिको चुनाव आयो। म पनि सदस्यमा उठे। दमनदाई अध्यक्ष र वैद्यनाथ उपाध्याय सचिव रहनु भएको कार्यसमितिमा म पनि सदस्य पदमा निर्वाचित भए। सबभन्दा सानो सदस्य भएको हुँदा मेरो काम बारले ग्राहक बनेका नेपाली र अङ्ग्रेजी पत्रिकाहरु हेम पाठकजीको पाथीभरा नामक पसलबाट सामm घरमा लगी भोलिपल्ट बिहानै बारमा गएर राख्नु पर्ने भयो। बारमा मेरो सक्रियता बढेकाले मैले गणेशराज दाइसँग बोलचाल गर्ने अवसर पाए। उहाँले सधैँ भन्नुहुन्थ्यो तपाईहरुले अध्ययन गर्ने बानी बसाल्नु पर्दछ। अरूले भनेको आधारमा होइन अध्ययन र औचित्यपुर्ण तर्कको आधारमा आफना भनाई राख्नु पर्दछ। तपाईहरुले जेण्टल ईडियट जस्तो भएर बोल्न र काम गर्न हुँदैन आदि।

जेण्टल ईडियट भन्ने शब्द धेरै पटक म लगायतका काग्रेश, कम्युनिस्ट, र अन्य पार्टीका समर्थकहरुलाई भनेको मैले सुनेको छु। बि.पी. कोइरालाको साडुभाई, वि.पी.ले समेत उहाँको विद्धतामा विश्वास गरेका, अनि वि.पी.को चिन्तनलाई गहिराईमा पुगेर बुमmने व्यक्ति भएता पनि चर्कोधारका प्राय ने.वि.सङ्घका पृष्ठभूमिबाट आएका काग्रेशले गणेश राज दाइलाई दरबारको मान्छे भन्ने संज्ञा दिन्थे। त्यसैले धेरै काँग्रेस समर्थकहरु उहाँको गैरीधारा स्थित निवासमा जादैनथे उहाका बिचार सुन्नका लागि। म पनि त्यही समूहमा हिडने व्यक्ति भएकोले उहाँको नजरमा जेण्टील ईडियट कै खेमामा पर्दथे जस्तो लाग्छ। म स.अ.बारको चुनावमा प्राय उठने गर्दथे। सन १९८३ देखि १९९८ मा अमेरिका नआऊदासम्मको स.अ. बार र नेपाल बारको चुनावमा म नऊठदा कहिलेकाहि वरिष्ट अधिवक्ता महादेव यादव व्यड०ग्य गर्दै भन्नुहुन्थ्यो “ हैनरे तिमी खडा नभएर चुनाव कसरी हुन्छ विनोद “। मेरो प्रतिसपर्धिहरुमा युवराज संग्रौला, हरिकृष्ण कार्की, बालकृष्ण न्यौपाने पर्दथे। चुनावमा प्राय प्रजातान्त्रिक र प्रगतिशील पक्षका उम्मेदवार रहन्थे। ती चुनावहरुमा मैले गणेशराज दाइ सँग भोट माग्दथे। र विश्वास पनि लाग्थ्यो भोट मलाई नै दिनुभो होला भन्ने। तर उहाँले तपाईँलाई भोट दिए है भनेर कहिले भन्नु भएन।

उहाँले न्यायप्रतिक पत्रिकामा उहाँले न्यायको अखण्ड दियो बलीरहोस बाली रहौ भन्ने लेख दिनु भएको थियो प्रकाशनका लागि। यही लेख पछाडि केही परिमार्जीत रूपमा अन्य प्रकाशनलाई पनि उहाँले दिए जस्तो लाग्छ। मेरो स्मरणमा यो लेखमा उहाँले सर्वोच्च अदालतमा मुद्दाको बहस गर्दाखेरी एक जना विदेशी वकिललाई पनि लानु भएको रहेछ। विदेशी वकिलले भाषा नबुमmे पनि बाहिर आएर उसले वकिलले के भने, न्यायाधिशले के प्रश्न गरे र निर्णय के भयो? भनी गणेशराज दाइलाई भनेछन। त्यसैले लेखमा बहसमा प्रयोग गरिएको भाषा नबुमmे पनि न्यायको भाषा सबै देशमा एउटै हुन्छ सङ्गीतको भाषा मmै भन्ने निजोड थियो जस्तो लाग्छ।

अर्को नर्बिसने क्षण भनेको दशरथ रंगशालमा १२ मार्च १९८८ मा नेपाल र बङ्गलादेशका बिचमा भएको फुटबल खेलमा आधीको कारणले भाग्दा खेरि ९३ जनाको मृत्यु र १०० जना भन्दा बढी घाइते भएको त्रासदीको विषयलाई लिएर नेपाल बारको केन्दीय कार्य समितिले जाहेरी दर्खास्त दिने प्रसङ्ग हो। यसबेला केशर बाहादुर विष्ट शिक्षा तथा खेलकुद मन्त्री थिए। नेपाल बारको अध्यक्ष लक्ष्मण अर्याल, उपाध्यक्ष मोकहकृष्ण खरेल, सचिव सुवास नेम्वांग, अनि सदस्यहरूमा कृष्ण प्रसाद पन्त, कृष्ण प्रसाद भण्डारी, म, रेवन्त कुवर आदि थियौ। बारले संस्थागत रूपबाट जाहेरी दर्खास्त दिएमा सबै बारमा सदस्यहरू ऊजुरकर्ता अर्थात् जाहेरवाला मानिन्छन। त्यसैले आरोपित शिक्षा मन्त्री, रङ्गशालामा कार्यरत कर्मचारी लगायतका अन्य प्रतिवादीले उनीहरूको प्रतिरक्षा गर्ने वकिल पाऊदैनन। किनकि जाहेरवाला वकिल बारको सदस्य भएका वकिलहरुले प्रतिवादीको तर्फबाट प्रतिरक्षा गर्न मिल्दैन। बरु यसको ठाउँमा वकिलले एक्लै वा समूह बनाएर जाहेरी दिनु पर्दछ भन्ने धारणा गणेश राजदाईको थियो। उहाँको एक्लो धारणा नै चर्चाको विषय बनेको थियो।यद्यपि ऊहा बारको कार्य समितिमा हुनुहुन्थ्यो।

बारको कार्य समितिको बैठकमा यही एजेण्डामा निर्णय गर्ने बैठक बोलाईयो। बैठक बस्नु भन्दा अगाडी नै क कसले समर्थन र क कसले विरोधमा राय प्रकट गर्छन् भन्ने स्पष्ट जस्तै थियो। किनकि काग्रेश समर्थक र कम्युनिष्ठ सर्मथकले जाहेरी दिने पक्षमा र त्यो देखी बाहेककाले विपक्षमा आफ्नो मत जाहेर गर्नेछन। तर मेरो सोचाईमा गणेश राज दाइले सार्नु भएको तर्क न्यायोचित रहयो। किनकि उहाँले मन्ने गरेको वाक्य तपाईहरु जस्तालाई जेण्टल ईडियट भन्दा हुन्छ। किनकि तपाईहरु विद्धान वकिल भएर पनि पार्टीले जे धारणा बनायो त्यसैलाई समर्थन गर्नुहुन्छ, भन्ने भनाइले मलाई सोच्न विवश गरायोे।

बैठकको एजेण्डा नेपाल बारले जाहेरी दिने कि नदिने? भन्ने मात्रै रहेको हुँदा सुवास दाइले प्रस्ताव पढेर सुनाउनु भो । अनि क कस्को जाहेरी दिनेमा समर्थन छ भनी सोध्ने क्रममा वरिष्ट अधिवक्ता स्व. कृष्ण प्रसाद पन्तले आफ्नो विमतको राय दिनु भो। अनि मैले पनि विमतीमै राय व्यक्त गरे। सुवास दाइले फेरी दोहोरयाएर मलाई सोध्नुभो होइन विनोद भाइको साच्चै विमतीकै राय हो रः? मैले हो दाइ भन्दै आफ्नो विमतीको राय वारको माईन्युटमा लेखे वहाहरुले सोचे विपरीत। अनि मैले गणेश राज दाइलाई भने म जेण्टील ईडियट होइन है गणेश राज दाइ। उहाँले भन्नु भो यो कानुनी प्रश्न हो राजनीतिक प्रश्न होइन। तपाईँले बुमmेर विमती जनाउनु भएको भए चाहिँ जेण्टील ईडियट होइन भन्नु पर्ला।

म अप्रिल ५, १९९८ आईपुगे अमेरीको न्युर्योकमा। यो दिन संयोकले आफै जन्मीएको दिन परेको थियो।रहदा बस्ता मैले यही देशलाई कर्मभुमी बनाउन पुगे। अक्टोबर २००३ मा गणेशराज दाइ न्युर्योक आउनु हुँदा खगेन्द्र जी.सी.जीले ऊहालाई दिवाभोजमा निम्ता दिनुभएको थियो। खगेन्द्रजीकोले त्यो दिवाभोजमा म र देवेन्द्र प्रधानजी समेतका वकिलहरुलाई पनि सहभागी बनाउनु भो किनकि हामीहरू पनि क्षेत्री एण्ड एसोसियटसमा नै काम गर्दथ्यौ। हामीहरू न्युर्योकको सेन्टरल पार्कमा रहेको एउटा राम्रो भोजनालयमा खाना खान गएका थियौ।त्यसबेला उहाँले आफ्नो स्वास्थको कारणले साहाकारी भोजन बारेको किताब पढीरहेको र त्यही अनुकूल आफ्नो दिनचर्या बित्ने गरेको कुरा बताऊदै उक्त किताब पढने सल्लाह दिनु भो। त्यस्का अतिरिक्त उहाँले केही अन्य समसामायिक विषयमा कुरा गर्दै अमेरिका प्रमुख विश्वविद्यालय कोलम्वीया, यल, हारर्डभर, लगायतमा घुमेको स्मरण पनि गराउनु भो। हामीले खगेन्द्रजीको ल अफिसबाट त्यो ठाउँमा जादा लिएको टयाक्सीको चालक, जो भारतीय वा वंगाली थियो, ले खगेन्द्रजीलाई चिनेर नमस्कार गरयो। अनि भोजनालयमा पुगेपछि अर्डर लिन आउने वेटर पनि उतैतिरको व्यक्ति परेछ। उसले पनि खगेन्द्रजीलाई नमस्कार गर्दै अर्डर लियो। गणेशराजदाईले खुसी हुँदै भन्नु भो टयाक्सी चालक देखि वेटरसम्मले तपाईँ बाटोमा हिडदा देखि भोजनालयसम्म नै न्युर्योकमा वकिलको रूपमा चिनेर आदर गरेको देख्दा ज्यादै खुसी लाग्यो भन्नु भो। यो बसाइमा मैले ऊहालाई बढी नजिकबाट चिन्ने मौका पाए कुराकानीको क्रममा।

२००७ को दशैताका म नेपाल गए।योे भ्रमणको बेला मैले आफ्नो गिति एल्वम “ मेरी प्रिय” को बिमोचन गर्ने समेत निधो गरेको थिए। यो भ्रमणको बेलामा म गणेशराजदाईको निवासमा गए। किनकि उहाँले नेपाल आऊदा निस्कनु है भन्नु भएको थियो। म दिऊसो ३ बजेको समयतिर त्यहा पुगे। त्यसबेलासम्म निकै जना भेला भैसक्नु भएको थियो। गणेशराजदाईले मलाई अपरिचितहरु सँग परिचय गराईदिनु भो। र उहाँले न्युर्योकमा रहदा भेटन पाएको मौका र आथित्यताको मिठो स्मरण पनि सबैलाई सुनाउनु भो। मलाई त्यहा एक जना सम्पादक मित्रलाई पनि उहाँले चिनाई दिनु भो। र अमेरिकामा रहेका नेपालीहरूले भोग्नु परेको कानुनी समस्याको बारेमा विनोदजीहरुबाट जानकारी लिई पत्रिकामा छाप्नुहोला भन्नुभो। केही क्षेणमा त्यहा सबैलाई पुरी, तरकारी, र चिया आयो। म लगायतका उपस्थित सबैले उहाँको बिचार सुन्यौ। यो त्यहाको नियमित प्रक्रिया नै रहेछ। म पुरा समयसम्म चाहेर पनि अरुसंगको भेटघाटको व्यस्थताले गर्दा बस्न सकिन र बिदा मागेर निस्कीए खल्लोमान्दै।

२०१३ सालमा मैले एउटा टेलीफोनकल पाए म ल अफिसमा काम गरी रहेको समयमा। यो फोन अमेरिकाको क्यालिफोर्नियाबाट आय जस्तो लाग्छ। फोनकर्ताले मलाई आफू पत्रिकाको सम्पादक भएको भनेर परिचय गराउनु भो। तर मैले ऊहालाई ठम्याऊन सकिन। उहाँले हाम्रो पुर्वपरिचयलाई जोडने क्रममा गणेशराजदाईको घरमा चिनेको प्रसङ्ग उल्लेख गर्दै आफू त्यहा नियमित रूपबाट जाने गरेको व्यक्ति भएको जानकारी पनि दिनुभो। मैले ऊहालाई गणेशराज दाइको के छ खबर भनेर सोधे। मेरो प्रतिउत्तरमा उहाँले आश्चर्य मान्दै भन्नु भो ए तपाईँलाई थाहा छैन र। दाइलाई अल्जाईमर भएर उहाँको स्मरण शक्ति नै गयो। आदि। अनि उहाँले मलाई भन्नु भो दाइले कहिलेकाही अमेरिका लगायत विश्वका अन्य देशमा रहेको नेपाली र उनीहरूको सन्तानहरुको नेपालमा के कस्तो कानुनी सम्बन्ध रहन्छ। त्यो एउटा सोचिनुपर्ने विषय छ। त्यसैले विनोदजीहरुसंग यस बारेमा लेख मागेर तपाईँले छाप्नुहोल भन्नु हुन्थ्यो। यसो समय मिलाएर एउटा लेख लेख्नु होला नि भन्नुभो। मैले ऊहालाई हुन्छ नि भनेर फोन राखिदिए।

फोन गर्ने व्यक्तिले गणेशराज दाइको स्मरण शक्ति गयो भनेको कुरामा विश्वास लागेन। किनकि राष्ट्र्यि एवं अन्तराष्ट्र्यि कानुन र राजनीतिको बारेमा गहिरो अध्ययन र स्मरण भएका अनि यी विषयमा आधिकारिक धारणा दिन सक्ने व्यक्तिको स्मरण शक्ति हराऊने भन्ने कुरा मेरो लागि अकल्पनीय थिायो। त्यसैले नेपालमा रहेका वकिल साथीहरू रामकृमार श्रेष्ठ र रामकृष्ण निरालालाई फोनमा सोधे। उनीहरूले पनि हो भन्ने प्रसङ्ग दोहोरयाए। तर मन मान्न राजी थिएन। २०१४ सालमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीजी न्युर्योक आऊदा मैले आफ्नो निवासमा रात्रीभोजको निम्ता दिएको थिए। भण्डारीजीले अन्य सहभागी वकिल मित्रहरू दुर्गा भुर्तेल, बावुराम देवकोटा र मसँग अरू कुराका अतिरिक्त गणेशराजदाईको बारेमा पनि चर्चा गनुभो र सर्वोच्च अदालत बारले निकालेको अनुभव र अनुभूति विशेषांक उपहार स्वरूप दिनु भो। त्यो किताब पढी सकेपछि भने गणेशराजदाईको बारेमा सुनेको कुरा यर्थाथ रहेछ भन्ने लाग्यो। अनि अक्टोबर २०१५ मा उहाँको देहवसान भएको कुरा जानकारीमा आयो। गणेशराज शर्मालाई गुमाउनु पर्दा नेपालका कानुन व्यवसायीहरुले एउटा छाहारी दिने रुख गुमाएका छन्। तर पनि वहा समेतले बहस गरेका र नेपाल कानुन पत्रिकामा प्रकाशित हिरापासीको मुद्दादेखि संसद विघठन लगायतका सैयौ मुद्दाहरूमा प्रतिपादित भएका सिद्धान्त, कानुनी लेख र बिचार अनि विश्वेश्वरप्रसाद कोइरालको आत्मवृतान्तमा समेटिएका ऊहाका बिचारहरुले देशको चिन्तन गर्ने विभिन्न तप्का र तहका व्यक्तिहरूलाई जेण्टील ईडियट नबन्नृ होला है भनी खवरदारी गरिरहने छ।

मलाई तपाईँले भेटन सक्ने ठेगाना हो फोन नं. ७१८ ६०६ ९७३३ [email protected], र वेबसाईट www.binodlaw.com  हो ।

Published on August 23, 2016 at 10:15 pm

Loading...

यसमा तपाइको मत