गंगामायाको जीवन रक्षाको लागि तत्काल पहल गर्न आग्रह – (NHRC) को प्रेश विज्ञप्ती
Loading...

Published on August 19, 2016 at 1:39 am

NHRC Press Release Regarding with Ganga Maya Adhikari

प्रेस विज्ञप्ति
२०७३ श्रावण ३०

गंगामायाको जीवन रक्षाको लागि तत्काल पहल गर्न आग्रह

न्याय प्राप्तिको आधारभूत विषयलाई लिएर वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले आज निजको स्वास्थ्य अवस्था सम्बन्धमा पुनः अनुगमन गरेको छ ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषी उपर कानुनी कारबाहीको माग गर्दै अनसनरत गंगामायाको स्वास्थ्य अवस्थाको बारेमा आयोगले नियमित रुपमा अनुगमन गर्दै आएको छ । अधिकारी दम्पतिको पटक–पटकको अनसनपश्चात् अनसनकै दौरान गतवर्ष ज्यान गुमाएका नन्दप्रसाद अधिकारीको अन्त्येष्टि नहुँदा साँस्कृतिक अधिकार समेत कुण्ठित भएको छ । नियमित अनसनमा बस्दा गंगामायाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको आयोगको अनुगमनबाट पाइएको छ । आयोगले उक्त घटनाको अनुसन्धान गरी दोषी उपर फौजदारी अभियोगमा कारबाही चलाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन २०६५ चैत २३ गते नेपाल सरकारलाई सिफारिस गरेको थियो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनद्वारा प्रदत्त छिटो र स्वच्छ न्याय पाउने अधिकारबाट कसैलाई पनि बञ्चित गर्न नहुने तथा छिटो छरितो न्याय प्राप्त भएमा मात्रै मानव अधिकारको संरक्षण र सम्मान हुनेमा आयोग स्पष्ट छ ।
गंगामाया अधिकारीको स्वास्थ्य थप विग्रन नदिई जीवन रक्षाको लागि आवश्यक सम्पूर्ण पहल गर्र्न र शीघ्र न्याय प्राप्तिको लागि कार्यगर्न आयोग सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउँदछ ।

मोहना अन्सारी
सदस्य\प्रवक्ता

Loading...

यसमा तपाइको मत