आधुनिक दुनियाँंलाई सफल बनाउने भागवतका केही आदर्श सूत्रहरू

विआरटि नेपाल सम्बाददाता

– भीमसेन सापकोटा (आचार्य राजन )

जीवन सन्तुलनका लागि प्रेम अनिवार्य वस्तु हो, दार्शनिक एरिक फ्रोम र विलियम रेकको मनोविज्ञानका अनुसार । जुन कुरा श्रीमद्भागवत पुराणले कृष्णमार्फत हाँसो , प्रेम , माधुर्यता,रासलीला , सङ्गीत र लालित्यलाई अद्यात्मको जग बनाएको छ । भागवत मार्फत व्यक्त अध्यात्मले निराशाको दर्शनलाई अस्वीकार गर्छ ।

पश्चिमका अनिश्वरवादी दार्शनिक ‘नित्शे ‘ले भने जस्तो ईश्वरीय सत्ता नभएको होइन तर अस्तित्वमा भएको भन्दैमा श्रीमद्भागवत अन्धविश्वासको वकालत गर्दैन । बरु सामाजिक न्याय , आत्मबोध र अन्धविश्वासको विरुद्धमा श्रीमद्भागवतले हरेक समस्याको निरुपण गरेको छ । पुराणको विश्लेषण परम्परावादि कर्मकान्डि तवरले भन्दा यसको लाक्षणिक अर्थ को नवीन खोज र व्याख्यालाई प्रवचन गर्न सकिएमा संसारका सबै अस्थिरता को उत्तर पुराणमा भेट्न सकिन्छ ।यो पुराणको रहस्यका बारेको अनुसन्धान वेलयत तथा अमेरिकामा भइरहेको छ । अमेरिकाको सन् फ्रन्सिस्को स्थित ‘एसियाली कला सङ्ग्रहालय ‘को आर्ट ग्यालरिमा राखिएको श्रीमद्भागवत पुराणको तस्बिर यहाँं देख्न सक्नु हुनेछ ।
मानव सभ्यताका प्राचीन साहित्य ,अति विशिष्ट र आदिम ग्रन्थहरू मध्ये यस श्रीमद्भागवत पुराणलाई पूर्ण पुराण मानिन्छ । मानव सभ्यताको पहिलो कृति र अति उत्कृष्ट दर्शनको रूपमा चार वेदलाई मान्यता दिइएको छ । योगी, तपस्वी तथा अलौकिक दर्शनिक वेद व्यास ,जो नेपाल धरामा जन्मिएका थिए ।उनले यसलाई तयार पारेको वेदिक साहित्यको प्रमाण छ ।

जन्मको आधारमा मानिसको कुनै जात हुँदैन भन्ने धर्मलेनै बोलेको बलियो प्रमाण हो भागवतपुराण । जसका लेखक स्वंय आज भोलि भनिने गरेको ‘ आदिवासी जनजाति माझि , पुत्र वेद व्यास थिए । यो पुराणको सही विश्लेषण गर्ने हो भने वर्मान जातियछुवाछुत र विभेद जस्तो जघन्य मानव अपरालाई निमिट्यान्न पार्न सकिन्छ । परासर ॠषि र माझि पुत्री सत्यवतिको कोखबाट जन्मिएका वेदव्यासको जन्म थलो प्राचीन नेपाल थियो । ॠषि परासरको जन्म र तपोभुमि नेपालको नवलपरासी जिल्लामा भएको विभिन्न अनुसन्धानले देखाएका छन्। परासी र नवलपुर जोडेर नवलपारासि बनाइएको ऐतिहासिक तथ्य भेटिन्छ । तिनै आदिवसि वेद व्यास द्वारा रचित वैदिक साहित्यहरूमा चार वेद ,१८ पुराण, १०८ भन्दा बढी उपनिषद ,महाभारत लगायत थुप्रै असंख्य मुल्यवान ग्रन्थहरू मानव सिर्जानाको सर्वोत्कृष्ट कालजेयी रचना बनेको छ । ॠग्वेद , यजुर्वेद, अथर्ववेद र सामवेद को रचना पछि १८ पुराणहरू रचना गरेको मानिन्छ । भौतिक आकारमा हेर्दा यो पुरण १२ स्कन्ध ,३३५ अध्याय र करिब १८००० श्लोक निहित रहेको छ । युरोपियन भाषामा सबैभन्दा पहिला अनुवाद हुने पुराणमा यो भागवत पुराण पर्दछ । जुन स्तुत्य कार्य सन् १७८८ मा भएको ‘विकिपिडिया’को तथ्य छ ।

प्राचीन संन्स्कृत भाषामा लिखित यो ग्रन्थ भयावह कलियुगमा शान्ति प्राप्त गर्ने एक अनुपम वैदिक ग्रन्थ मानिन्छ । भागवत लीलामा आफूलाई लिन गरांउदै ,ईश्वर प्रतिको भक्ति र प्रेम जगाउन यसले अहं भूमिका खेल्न सक्ने सामर्थ्य राख्छ । कथात्मक शैलीमा लेखिएको यो ग्रन्थ सर्वसाधारणलाई सहजै वोधगम्य नहुनु स्वभाभिक हो । भ = भक्ति, ग =ज्ञान , व = वैराग्य र त =तरणी को सुन्दर संयोगमा श्रीमदभागवत ज्ञानअमृत सजिएको छ । ईश्वर एक मात्र हो । जगतको उत्पत्ति,स्थिति,र विनासको हेतु तथा आध्यात्मिक ,आधिदैविक र आधिभौतिक(त्रयताप ) तिनै किसिमका तापहरूलाई नाश गर्न सच्चिदानन्दस्वरुप भगवान् श्रीकृष्णको शरणमा जानु मानवको लागि परमआनन्द प्राप्त गर्नु हो । जीवनको तत्त्व ज्ञान प्राप्त गर्ने कलियुगको सरल मार्ग र साधना उल्लेख गरिएको सो ग्रन्थमा देवर्षि नारदको भक्ति सँगको भेट बाट पहिलो अध्याय प्रारम्भ भई कलियुगको धर्म ,चार प्रकारका महाप्रलय र श्रीशुकदेवको अन्तिम उपदेश समाहित बारौं अध्याय सम्म यो पुराण तन्किएको छ।

यो पुराणमा उल्लिखित समय गणनालाई ‘नासा’ले समेत खगोल अनुसन्धानमा प्रयोग गरेको छ । जस अनुसार सत्य युगमा ४,८loak215-manmed-300×225०० दिव्य वर्ष , त्रेतामा ३६०० द्वापरमा २४००० र कलिमा १२०० दिव्य वर्ष हुन्छ । मानिसहरूको एक वर्ष देवतहारूको एक दिन हुन्छ र यसरी हेर्दा देवताहरूको एक वर्ष मानिसहरूको ३६० वर्ष हुन्छ । यसप्रकारले कलियुगको अवधि ४,३२,००० हुन आउँछ ।
यो पुराणको सातौँ स्कन्धको ५ औँ अध्याय अन्तर्गत २३ औँ श्लोकमा भनिए अनुसार तत्त्व ज्ञान प्राप्त गरी मुक्तिका लागि नौ वटा भक्तिका स्वरूप देखाईएका छन्।

श्रवणम किर्तनम विष्णो: स्मरणम पाद सेवनम्|
अर्चनं वंदनं दास्यं सख्यमात्मनिवेदनम् ||

इति पुंर्सार्पिता विष्णौ भक्तीश्चेण्णवलक्षणा |
क्रियेत भगवत्यध्दा तन्मन्येSधीतमुत्तमम् ||-7.5.23.

१. श्रवणम् =सुन्दा पनि मुक्ति पाप्त गर्न सकिन्छ। लगातार पवित्र कुराहरू सुनिरहंदा हाम्रो अचेतन र सूक्ष्म दिमागमा नयाँ ऊर्जा संचारहुन्छ र त्यसले , संस्कारमा सुधार आई आत्मवोध हुन्छ । त्यो मुक्ति महाराजा परीक्षित ले सुकदेव बाट भागवत ज्ञान पाप्त गरेका थिए ।

२ कीर्तनम् : =नाम संकीर्तन गर्दा शरीरमा ऊर्जाहरू चलायमान हुन्छन्,त्यसले मनलाई आफ्नो बसमा स्थिर बनाउँछ । ॠषि नारद ले यसैबाट मुक्ति प्राप्त गरे ।

३ स्मरणम्: सम्झना र स्‍मृतिलाई एकाकार गरी अन्तस्करणमा प्रवेश गर्न सकिन्छ । भक्त प्रल्हाद यसका उदाहरण हुन्। हरेक पदार्थमा परमात्माको अंश हुन्छ । ऊर्जा नै चैतन्यको अर्को रूप हो । जुन कुराको आजका वैज्ञानिकहरू खुलेर प्रशंसा गर्छन्।
४ पाद सेवनम्: पाउको सेवा गरेर लक्ष्मीले विष्णु नजिक भईन । यसको आधुनिक अर्थ, विष्णुको पाउको सेवाको अर्थ= कर्म नै ईश्वर हो र निस्स्वार्थ कर्म गर्दा धन प्राप्त हुन्छ र धर्म पनि एकैसाथ भइरहेको हुन्छ । अल्छि भाग्यको मालिक कहिल्यै बन्न सक्दैन।

५ अर्चनम्: वाली राजाले त्यागको पूजा गरेर विष्णु प्राप्त गरे। त्याग नै पूजा हो । उनको नाम बाट बलिदान शब्दको ब्युत्पत्ति भएको हो । आँफैं भित्र रहेको षढ रिपूहरू ,रिस ,राग ,लोभ ,मोह ,मद ,मात्सर्य को त्याग गरेर मात्र भगवानको सच्चा पूजा हुन्छ । यसको गलत व्याख्या गरेर मानिसहरूले पशुबली दिने चलन चलाए जबकि यो पुराण यसको खिलाफमा छ । पूजा मन्दिर र चर्च, गुम्बा ,मस्जीद तथा तीर्थ स्थान गएर मात्रै होइन बरु आफू भित्रको विकार फालेर हुन्छ । हरेक दिन आध्यात्मिक उपलब्धिको साधनामा हामी तल्लिन रहनु पर्छ । एक दिन यी सबै विकार बाट मुक्ति मिल्छ । त्यो मुक्ति नै आत्म ज्ञान र विष्णु , वा नारायण वा परमार्थ प्रप्ति हो । महाराज प्रिथुले पनि यसरीनै विष्णुको अर्चना गरेर तत्वज्ञान प्राप्त गरे ।

6. वन्दनम्: अकुरले बन्दना अर्थात् प्रार्थना गरेर मुक्ति पाए । प्रार्थना को प्रचलनलाई पुराणले जब उल्लेख गर्‍यो ,त्यस पछि उदाएका विभिन्न सम्प्रदायका व्यक्तिहरूले अपनाउंदै गएका छन्। उपचार देखि ईश्वर प्राप्ति समेतका लागि प्रार्थनामा बल निहित हुन्छ । दैनिक प्रार्थना सम्यक साधनाको एक महत्त्वपूर्ण अभ्यास हो ।

7. दास्यम्: विना स्वार्थ को सेवा नै भक्ति पथ मार्फत मुक्ति तर्फ लैजाने एक पथ हो । हनुमान जी श्रीरामको दास बनेर देखाएको भक्ति त्याग र निस्स्वार्थ सेवाको उदाहरण हो । आधुनिक अर्थमा यो कर्म योग हो । गीताको आदर्श यसै सँग गांसिएको छ । विवेकानन्द स्वामि को कर्म गर निस्स्वार्थ कर्म नै ईश्वर हो भन्ने सिद्धान्त यसमा सम्बन्धित छ ।

8. सौख्यम : आर्थात , भगवानअको मित्र बनेर मुक्ति मुक्ति मिल्छ । महाभारतमा अर्जुन श्रीकृष्णको मित्र र भक्त थिए । भगवानलाई डरले र लोभले हैन श्रद्धाले पूजा गरौँ । भय बाट मुक्त हुन सक्दा मात्र ईश्वरको दर्शन वा मुक्ति हुन्छ भन्ने ओशो लगायत आनन्द मार्ग सम्प्रदाय को मान्यतता यसैं सँग जोडिन्छ । साधु र सिद्ध पुरुष निडर हुन्छ , हाल प्रचलनमा रहेको ‘कपालि ध्यान ‘यसै मान्यतामा आधारित रहेको छ ।

9. आत्मनिवेदनम्:हामीले ईश्वर लाई केही दिन सक्दैनौं । जे अर्पण गर्छौ त्यो ईश्वरकै अनुकम्पा हो । उसले दिएर प्राप्त गरेकाले नै दान गर्नेले गर्न सकेका हुन्न तसर्थ दिने हो भने आत्म देऊ । त्यो मात्रै ईश्वरलाई चढाउन सक्छौँ। बाली ले पनि सम्पूर्ण समर्पण गरेका थिए । ध्यान गर्नु , अन्तस्करणमा प्रवेश गर्नु र निज स्वरूप जान्नु नै ईश्वर प्रप्ति हो । तपांई , म र सबै जीव ईश्वरकै अंश हो जब आत्मा मुखि हुन्छौं तब मात्र सांसरिक दु:ख बाट पार हुन सकिन्छ । शिवजी को ध्यानस्थ मुद्रा , विभिन्न देवी देवताको ध्यान मुद्रा यसैको प्रतीक हो ।आजको दुनियाँमा मानिसलाई प्रकृतिको नजिक रहेर योग, ध्यान, प्रणायामाम, आहार, विहार र व्यवहार सन्तुलन गर्न यसले सिकाउंछ ।
यसै सन्दर्भमा भागवत गीताको १८ औँ अध्यायको ६६ औँ श्लोक
‘अहं त्वां सर्व पापेभ्यो मोक्षयिश्यामि मा सुच्’

भक्ति र मुक्ति का लागि आफू को हो चिन्दै आत्म चिन्तनमा पूर्ण समर्पित हुन विनय गरेको छ । यसले मनका इच्छा दबाएर हैन तिनका साक्षी बनेर सत्यको शरणमा आऊ , त्यो नै परमानन्दको स्थिति हो भन्ने महान् दर्शन प्रस्तुत गरेको छ । आधुनिक मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले मनको वैज्ञानिक तर्क प्रस्तुत गर्दै ‘अधिकांश रोग इच्छाको दमन बाट सुरु हुन्छ भने । जुन कुरा गीतामा पनि भनिएको छ ” मन एव मनुष्याणां कारणं बन्ध मोक्ष यो ‘। भागवतकै यो धारणा ‘त्रिपिटकमा ‘ समेत भेटिन्छ ” ईच्छानै दु:खको कारण हो ‘ ।

अर्जुनको दुविधायुक्त विषाद मनलाई पुन: उर्जाशिल बनाउने विध्या पनि श्रीकृष्ण कै सूत्र हो । तसर्थ यसको पालनाले सांसारिक दु:ख मेट्न सकिने निश्चित छ । प्रचार गर्दा यी सबै दर्शनहरू प्रति संवेदनशील हुने हो भने भागवतशिक्षा आधुनिक दुनिंयांलाई सामाजिक न्यायको सिद्धान्तमा रहेर शान्ति बांड्ने महत्त्वपूर्ण दर्शन बन्न सक्छ ।
यसैगरी यो पुराणको सिङ्गो आत्मा छैंठौ स्कन्धको अध्यायको प्रथम अध्याय अन्तर्गत ४० औँ श्लोकले ईश्वर एक मात्र छ भन्ने अद्द्वैत दर्शनलाई प्रकाशित गरेको छ । सत्य वेदको सार हो , सत्य दुई हुन सक्दैन । भनेर धर्मका नाममा भएको सबै विभाजनलाई अन्त्य गरेकोछ ।

वेद प्राणिहितो धर्मो
य अधर्मस्तद् विपर्याय :।

वेदो नारायण:साक्ष्यात
स्वयंभूर ईति सूस्रुमा ।। ६।१।४०

वेद पुराण प्राणि हितका लागि हुन्। यसको अर्थ यो ज्ञान हिन्दु वा कुनै सम्प्रदायका लागि हैन सकल मानवका लागि हो । यदि यी कुनै साम्प्रदायिक धर्मका लागि हुन्थे त यहाँ ‘प्राणिहितो ‘को ठांउंमा अन्य धर्म ग्रन्थको जस्तै कुनै ‘सम्प्रदायाहितो ‘ हुन्थ्यो होला । तसर्थ यो पुराण र वेद का ज्ञान पूर्वाग्रह विहीन , सम्प्रदाय विहीन , छुवाछुत र जातीय प्रथा , बलिप्रथा , समाजमा देखिने धर्मका नामका शोषण , पाखण्ड को विरुद्धमा उभिएर ‘तद् विपर्याय ‘भनेको छ ।

भीमसेन सापकोटा (आचार्य राजन ), प्राचार्य ,रामचरितमानस वेदान्त अध्ययन केन्द्र ,सिड्नी ,अस्ट्रेलिया । [email protected]

http://brtnepal.com/old/news.php?pid=12879#sthash.4FKc6C1H.dpuf

Published on August 18, 2016 at 7:34 am

Loading...

यसमा तपाइको मत