अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३
| Colorodo: 21:38
एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आज भएको खेलमा ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित हुँदै नेपालले फराकिलो दोस्रो हार व्यहोरेको हो ।
नेपालले सुरुआती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल व्यहोरेको थियो । यस हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ ।
यस अघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ’बी’ मा रहेको नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग भोली खेल्नेछ ।