अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ वैशाख २२ गते २२:२१ मा प्रकाशित

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु भएको छ । सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।

पर्वत चारभञ्याङमा जन्मनुभएका गुरुङ बेलायतमा असल समाजसेवीका रूपमा चिनिनुहुन्थ्यो । हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू