अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४
| Colorodo: 06:49
लकडाउनको समय लम्बिएमा विद्यार्थीको पढाइ प्रभावित हुनसक्ने भन्दै सरकारले रेडियो, टेलिभिजन, बिभिन्न सामाजिक सञ्जाललगायतका माध्यमबाट पठनपाठन गराउने तयारी गरेको छ । कक्षा कोठामा गएर सिक्ने, सिकाउने अवस्था नभएमा सिकाइलाई निरन्तरता दिन के गर्न सकिन्छ भन्नेबारेमा छलफल भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको हो ।
लकडाउनको समयावधि लम्बिए वैकल्पिक व्यवस्था गर्ने तयारी भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले बताउनुभयो । लकडाउन कहिलेसम्म रहन्छ भन्ने यकिन नभएपछि मन्त्रालयले पढ्ने–पढाउने वैकल्पिक विधि खोज्न लागेको हो । सिकाइका त्यस्ता विधिबारे जानकार जनशक्ति सरकारसँग रहेको पनि केन्द्रले जनाएको छ ।