अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

सोमवारसम्म संसदको अवरोध अन्त्यका लागि सहमति हुन्छ -प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:५१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको अवरोध अन्त्यका लागि बैठक सञ्चालन गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यो कुरा बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मैले बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु । आज नभए भोलिसम्म बजेट संसद्बाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ ।’ कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू