अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

शेयर बजार सामान्य बढ्याे, काराेबार रकममा सुधार

बिआरटीनेपाल २०८१ वैशाख २७ गते ७:०० मा प्रकाशित

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६३ अङ्कले बढेर एक हजार नौ सय ६६ दशमलव २३ विन्दुमा पुगेको छ ।आज जीवन बीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेको छ । आज होटल समूहको शेयर तीन सय ४२ अङ्कभन्दा धेरैले उकालो लागेको छ ।

आज ओरेन्टल होटेल्सको शेयर झन्डै साढे आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुमारी सबल योजनाको शेयर झन्डै आठ प्रतिशतले घटेको छ ।

आज कारोबार रकममा पनि सुधार भएको छ । हिजाे दुई अर्ब ५४ कराेड रुपैयाँ काराेबार भएकाेमा आज तीन सय १३ वटा कम्पनीका ७० लाख ५८ हजार कित्ता शेयर तीन अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू