अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

अर्थतन्त्र बनाउन निजी क्षेत्रको आत्मबल बढाउन आवश्यक छ : उद्योगमन्त्री भण्डारी

बिआरटीनेपाल २०८१ वैशाख ६ गते ७:४४ मा प्रकाशित

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सबल र सक्षम अर्थतन्त्र बनाउन उद्योगी व्यवसायीहरुको आत्मवल बढाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ड संस्थाले आयोजना गरेको तस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

मन्त्री भण्डारीले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रका केही सूचकहरु सुधार भइरहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगको विकासका माध्यमबाट अर्थतन्त्र अझ चलायमान बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

मन्त्री भण्डारीले नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न सके मात्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गरी देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने बताउनुभयो । मन्त्री भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएका सिथिलतामा सुधारहरु आउन थालेको दाबी गर्नुभयो ।

मन्त्री भण्डारीले सरकारले लिएका नीति नियमहरु राज्यका निकाय र निजी क्षेत्रले परिपालना गरेका कारण अर्थतन्त्रमा सुधार हुँदै आएको दाबी गर्नुभयो । उहाँले लेखा व्यवसायीहरुको कार्यकुशलतामार्फत विभिन्न कम्पनी तथा निकायहरुको वित्तीय विवरणहरु यथार्थ हुँदै प्रशासकीय सुधार गरी दिगो र बलियो हुँदै गएको बताउनुभयो ।

प्रतिक्रिया